टाटा नेक्सन ईभीलाई टक्कर दिन हुन्डाईले ल्याउँदै सस्तो इलेक्ट्रिक एसयूभी
हुन्डाईले भारतमा आफ्नो सबैभन्दा किफायती कम्प्याक्ट इलेक्ट्रिक एसयूभी...
काठमाडौं - सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन् । उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमीअन्तर्गत उन्नत सवारीसाधनको परीक्षण, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन् ।
प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो । यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, परीक्षण तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका छन् । अप्रेन्टिससिपपछि उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको हो ।
लक्ष्मी हुन्डाईले सीटीईभीटीअन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ । यस पहलमार्फत विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै कार्यस्थल अनुशासन, समस्या समाधान र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुँदै आएको छ ।
हुन्डाई ट्यालेन्ट एकेडेमीमार्फत प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपाली प्राविधिकको सीपलाई थप परिष्कृत गर्दै उनीहरूले सिकेको ज्ञान र अनुभवलाई नेपालमै प्रयोग गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
‘सीप सिकेर विदेश जाने’ मात्र नभई ‘विश्वस्तरीय सीप सिकेर नेपालमै करियर बनाउने’ वातावरण निर्माण गर्नु नै यस पहलको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...