ठूला टच स्क्रिनले बढाउँदै ड्राइभिङ जोखिम, भौतिक बटनको आवश्यकता फेरि उठ्यो

आजका आधुनिक कारमा ठूला टच स्क्रिनलाई प्रिमियम सुविधाको रुपमा मानिन्छ। यसमा इन्फोटेनमेन्ट, नेभिगेसन, एसी कन्ट्रोल, संगीत, फोन कलदेखि सवारीसँग सम्बन्धित धेरै महत्त्वपूर्ण सेटिङहरू एउटै स्क्रिनभित्र सीमित गरिएको छ ।

तर सुविधा र आधुनिकताको नाममा अपनाइएका यी ठूला टच स्क्रिनले उल्टै ड्राइभिङ सेफ्टीमा गम्भीर प्रश्न उठाइरहेको छ । रिपोर्टका अनुसार कार चलाउँदा टच स्क्रिन प्रयोग गर्नु मोबाइल फोन प्रयोग गर्नुभन्दा पनि बढी जोखिमपूर्ण हुने बताइएको छ ।

रिपोर्टका अनुसार ड्राइभिङको क्रममा टच स्क्रिन चलाउँदा चालकको ध्यान सडकबाट हट्ने सम्भावना अत्यधिक हुन्छ, जसले दुर्घटनाको जोखिम बढाउँछ । सो फिचर महत्त्वपूर्ण भए पनि यसले चालकलाई विचलित बनाउन सक्छ ।

टच स्क्रिनले जोखिम बढाउनुको मुख्य कारण यसको प्रयोग विधिसँग जोडिएको छ। मोबाइल फोन प्रयोग गर्दा धेरै चालकले छोटो समयमै काम सकाएर फोन राख्ने गर्छन्। तर कारको टच स्क्रिनमा भने मेनु खोल्नुपर्ने, विकल्प खोज्नुपर्ने, धेरै पटक ट्याप गर्नुपर्ने र कहिलेकाहीँ स्क्रिनमा हेरेर मात्र पुष्टि गर्नुपर्ने अवस्था हुन्छ। यस प्रक्रियाले चालकलाई एकपटक होइन, बारम्बार विचलित बनाउँछ, जसले जोखिमलाई झन् बढाउँछ।

अझ गम्भीर कुरा गाडी चलाउँदा टच स्क्रिन प्रयोग गर्दा चालकको प्रतिक्रिया समय ५० प्रतिशतसम्म ढिलो हुन सक्छ। अगाडि अचानक ब्रेक लाग्दा, पैदल यात्री देखिँदा वा कुनै अवरोध आएमा यस्तो ढिलाइले ठूलो दुर्घटना निम्त्याउन सक्छ।

रिपोर्टमा टच स्क्रिनले चालकलाई तीन तहमा विचलित बनाउने बताएको छ। दृश्य रूपमा चालकले स्क्रिन हेर्नुपर्छ, म्यानुअल रूपमा हातले ट्याप र नेभिगेसन गर्नुपर्छ र मानसिक रूपमा कुन विकल्प कहाँ छ भनेर सोच्नुपर्छ। जब आँखा, हात र दिमाग तीनै सडकको सट्टा स्क्रिनमा केन्द्रित हुन्छ, तब ड्राइभिङजस्तो जिम्मेवार कार्य स्वाभाविक रूपमा जोखिमपूर्ण बन्छ ।

ठूला टच स्क्रिन कारलाई आधुनिक र आकर्षक देखाउने तत्व अवश्य हुन्। तर पछिल्ला अध्ययन र सुरक्षा एजेन्सीहरूको चेतावनीले देखाएको छ कि ड्राइभिङ सुरक्षाको दृष्टिले भौतिक बटनहरूको महत्व अझै समाप्त भइसकेको छैन। त्यसैले अष्ट्रेलिया र न्यूजील्याण्डका कार सुरक्षा निकायहरूले अत्यावश्यक नियन्त्रणका लागि भौतिक बटन अनिवार्य हुनुपर्नेमा जोड दिइरहेका छन्।

सम्बन्धित समाचारहरू

उत्तर कोरियामा अनौठो व्यवसाय, गाडी चलाउन नजान्ने युवाहरूले गाडीबाटै आम्दानी गर्दै

उत्तर कोरियामा अनौठो व्यवसाय, गाडी चलाउन नजान्ने युवाहरूले गाडीबाटै आम्दानी गर्दै

उत्तर कोरियामा पछिल्लो समय एउटा अनौठो तर रोचक व्यापारिक प्रवृत्ति देखिएको...

स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

सडक केवल गन्तव्यमा पुग्ने मार्ग मात्र होइन, हजारौँ मानिसका सपना, आशा र जीवन...

गर्मी सकिदै छ, ड्राइभिङ अनुभव राम्रो बनाउन यसो गर्नुस्

गर्मी सकिदै छ, ड्राइभिङ अनुभव राम्रो बनाउन यसो गर्नुस्

लगभग मनसुन सुरु भैसकेको छ र गर्मीयाम सकिन लागेको छ । मनसुनमा यात्रा गर्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...