ईसीयू सफ्टवेयर अपडेट गर्न केटीएमले फिर्ता बोलायो ३९० ड्युक, एडभेन्चर र इन्ड्युराे बाइक

इन्जिन स्टलको समस्यालाई लिएर केटीएमले भारत सहित विश्वव्यापी रूपमा ३९० ड्युक, ३९० एडभेन्चर र ३९० इन्ड्युराे मोडल फिर्ता बोलाउने निर्णय गरेको छ ।

२०२४ देखि २०२६ मोडलका ३९० ड्युक बाइक र २०२५ देखि २०२६ मोडलका ३९० इन्ड्युराे आर, एसएमसी आर एडभेन्चर आर र इन्ड्युराे एक्स बाइकहरू कम आरपिएममा रोकिने समस्या देखिएपछि यसको उचित समाधानका लागि फिर्ता लिन लागिएको हो । यद्यपि, केटीएमले यो फिर्ता बोलाइबाट प्रभावित युनिटको सही संख्या भने सेयर गरेको छैन ।

यो समस्या समाधान केटीएमले गर्नेछ, जसले कम गतिमा वा गति घट्ने क्रममा रोकिने जोखिम कम गर्नेछ । साथै, उक्त समस्याको उचित समाधान पश्चात लो–इन्ड टर्कको कारणले गर्दा सवारी क्षमतामा पार्ने प्रभावलाई समेत सुधार गर्नेछ ।

प्रभावित मोटरसाइकलका मालिकहरूलाई फिर्ता बोलाउने बारेमा सूचित गरिने केटीएमले जनाएको छ । ग्राहकहरूले आफ्नो नजिकको अधिकृत केटीएम डिलरलाई सम्पर्क गरेर अपोइन्टमेन्ट तालिका बनाउन र ईसीयू सफ्टवेयर निःशुल्क अद्यावधिक गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक...

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ,...

आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...