नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ ड्यूक २५० को मूल्य ७ लाख ४० हजार तोकेर बुकिङ खुलाएको हो । उक्त मूल्य हाल बिक्री हुँदै आएको पुरानो मोडलको तुलनामा जम्मा ५ हजारले बढी हो । पुरानो मोडललाई कम्पनीले ७ लाख ३५ हजारमा बिक्री गर्दै आएको छ।

नयाँ ड्यूक २५० मा केटिएमले इन्जिनदेखी चेसिस र फिचरसम्म ब्यापक परिमार्जन गरेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन दिइएकोमा नयाँ ड्यूक २५० मा भने एसओएचसी इन्दिन जडान गरिएको छ । नयाँ बिएस६ इन्जिनमा आएसंगै यसको पावर र टर्क समेत बढेको छ । यसमा जडान गरिएको २४९.०७ सिसी इन्जिनले ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ । जुन पुरानो मोडलको तुलनामा १ पीएस पावर र १ एनएम नै टर्क बढी हो ।

यसैगरी १३.५ लिटरको फ्यूल ट्यांकलाई बढाएर १५ लिटर पु-याइएको छ भने ग्राउन्ड क्लिरेयन्स १८५ एमएमबाट घटेर १७६ एमएम भएको छ । बाइकको तौल समेत १६९ किलोग्रामबाट घटेर १६२.८ किलोग्राममा झरेको छ । नयाँ बाइकलाई १४८ किलोमिटर प्रतिघण्टको उच्च गतिमा हाँक्न सकिन्छ ।

ड्यूक ३९० को डिजाइनबाट प्रेरित यसमा पूर्णत एलएडी लाइट दिइएको छ । बाइकमा सुपर मोटो एबिएस मोड सहितको डुअल च्यानल एबिएस, डुअल डिस्क ब्रेक, एलसीडी डिस्प्ले, डब्लूपी अपसाइड डाउन फ्रन्ट फोक्र्स तथा डब्लूपी मोनोशक, अन्डरबेली एक्जस्ट, स्लिपर क्लर र क्विक सिफ्टर लगायत विशेषता पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

चाइनिज र जापनिज बजारलाई लक्ष्यित गरी होन्डाले सीबी४००एफ र सीबी४००एक्स...

सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट

सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट

काठमाडौं – बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले नेपाली नयाँ वर्षलाई...

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...