यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन
कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...
कम्प्याक्ट एसयूभी किया सेल्टोस भारत तथा नेपालमा निकै रुचाइएको सवारी साधन हो । कियाले पहिलो पटक सन् २०१९ मा सो कार भारतीय बजारमा लन्च गरेको थियो । हालै यसको नयाँ अपडेट मोडलको टिजर अमेरिकामा सार्वजनिक भएको छ । यसको अपडेट मोडल अर्को वर्ष भारतीय बजारमा लन्च गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले यसअघि नै दक्षिण कोरियाको घरेलु बजारमा किया सेल्टोस लन्च गरिसकेको छ । नयाँ सेल्टोस यसै हप्ता अमेरिकामा पनि लन्च गरिने छ । कियाले अमेरिकामा स्पोर्टेज, सोरेन्टो र टेलुराइड जस्ता लोकप्रिय कार बिक्री गरिरहेको छ ।
अपडेटेड सेल्टोसमा एकदमै नयाँ फ्रन्ट र नयाँ हेडलाइट जडान गरिएको छ साथै फ्रन्ट बम्पर पनि परिमार्जन गरिएको छ । रियरमा नयाँ टेललाइट र बीचमा फराकिलो लाइट स्ट्रिपद्वारा जोडिएको छ ।
नयाँ सेल्टोसमा अपडेटेड १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्लेको साथै १०.२५ इन्चको ड्राइभर डिस्प्ले उपलब्ध छ । कारको इन्टेरियर डिजाइन भने यथावत राख्ने सम्भावना रहेको छ ।
अमेरिकामा लन्च गर्ने नयाँ किया सेल्टोसमा २.० लिटर चार सिन्डिर इन्जिन र टर्बाेचाज्र्ड १.६ लिटर इन्जिन गरी २ इन्जिनको विकल्प रहेको छ ।
भारतमा हाल किया सेल्टोसको १.४ लिटर जीडीआई टर्बाे पेट्रोल, १.५ लिटर स्मार्टस्ट्रिम पेट्रोल र १.५ लिटर डिजल इन्जिन उपलब्ध छ । भारतमा लन्च गर्ने नयाँ मोडलको डिजाइन र फिचर अमेरिकामा लन्च गर्ने मोडलको जस्तै रहे पनि इन्जिनको विकल्प भने हाल भारतमा उपलब्ध मोडल जस्तै हुनेछ ।
नेपालमा पनि किया सेल्टोस १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध छ । विभिन्न ७ भेरिएन्टमा उपलब्ध किया सेल्टोसको मूल्य ५० लाख ९० हजार देखि ७९ लाख ९० हजार रुपैयाँ सम्म रहेको छ ।
कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...
कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६...
सेल्टोस, कार्निभल र सोनेट जस्ता उत्कृष्ट कारको सफलता पछि कियाले अब आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...