यस्तो छ अटो एक्सपो २०२५ मा सार्वजनिक भएको किया ईभी६ फेसलिफ्ट

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ईभी६ फेसलिफ्ट प्रदर्शन गरेको छ । सो एसयूभी रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ ।

ईभी६मा ठुलो ८४ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध छ । सो एसयूभीले एक पटक चार्ज गर्दा ६५० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ । कारको ब्याट्रीलाई ३५० किलोवाटको फास्ट चार्जरबाट मात्र १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ साथै यसको लन्चिङ मार्चमा हुनेछ ।

कम्पनीले किया ईभी६ को लम्बाइ, चौडाइ र उचाइमा कुनै परिवर्तन गरेको छैन । यसको ह्विलबेस पनि पहिले जस्तै २९०० एमएम छ । यद्यपि यसको एलईडी डेटाइम रनिङ ल्याम्पलाई त्रिकोणीय ल्याम्पमा प्रतिस्थापन गरिएको छ र तल्लो ग्रिल सहित बम्परमा साना परिवर्तनले यसलाई थप आकर्षक बनाएको छ । यसको टेल लाइट र रियर बम्परमा पनि साना परिवर्तन गरिएको छ ।

यसको टु–स्पोक स्टेयरिङ ह्विलको दायाँ तर्फ नयाँ किया लोगो थपिएको छ । कारलाई स्टार्ट गर्न फिंगरप्रिन्ट सेन्सर पनि थपिएको छ । यसमा ड्राइभिङका लागि हेडअप डिस्प्ले र डिजिटल रियर भ्यु मिरर उपलब्ध गराएको छ । साथै एआई नेभिगेसन सपोर्ट पनि उपलब्ध छ ।

कियाले कर्भ प्यानोरामिक स्क्रिन यथावत राखेको छ, जसमा इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टका लागि १२.३ इन्चको दुईवटा डिस्प्ले प्रदान गरेको छ । यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जर, डिजिटल की, भेइकल–टु–लोड क्षमता र ओभर–द–एयर सफ्टवेयर अपडेट गरिएको छ ।

ईभी६ ले ५ स्टार यूरो एनक्याप रेटिङ प्राप्त गरेको छ । यद्यपि यो प्रि–फेसलिफ्ट थियो जुन २०२२ मा क्रयास परीक्षण गरिएको थियो । यसको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम सुटमा फरवार्ड, रियर र ब्लाइन्ड स्पोट अभोइडेन्स असिस्ट समावेश छ । साथै रिभर्सिङ क्यामेरा सिस्टम तथा फ्रन्ट र रियरमा पार्किङ सेन्सर पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा...

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...

किया ईभी–९ बन्यो ‘वर्ल्ड कार अफ दि इयर–२०२४’

किया ईभी–९ बन्यो ‘वर्ल्ड कार अफ दि इयर–२०२४’

कियाको इलेक्ट्रिक कार ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...