किया सेल्टोस ४६ महिनामा ५ लाख बिक्री, नयाँ फेसलिफ्ट लन्च गर्ने तयारीमा
किया इन्डियाको प्रिमियम एसयूभी सेल्टोसले लन्च भएको ४६ महिना भित्रमा ५ लाख...
काठमाडौं–कियाले आफ्नो लोकप्रिय एमपिभी क्यारेन्सको फेसलिफ्ट भर्सन ल्याउने तयारी अन्तिम चरणमा पु-याएको छ । आगामी अप्रिलमा लन्च हुने क्यारेन्स फेसलिफ्टलाई कम्पनीले लगत्तै ईभी भर्सनमा समेत उतार्ने योजना बनाएको हो ।
किया मोटर्स इन्डियाका अनुसार क्यारेन्स ईभी आगामी जुन महिनामा लन्च हुनेछ । सो नयाँ ईभीमा हालै लन्च भएको हुन्डाई क्रेटा ईभीको पावरट्रेन र ब्याट्री प्याक प्रयोग हुने जनाइएको छ । जसअनुसार, क्यारेन्स ईभीमा पनि क्रेटा ईभीमा जस्तै ४२ र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुनेछ ।
उक्त ब्याट्री प्याकले ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएपनि क्रेटाको तुलनामा धेरै नै हेभी डिजाइनमा आउन लागेको क्यारेन्स ईभीको रेन्ज भने केही कम हुने अनुमान गर्न सकिन्छ ।
क्यारेन्स ईभीको लुक्स तथा डिजाइन र इन्टेरियर भने यसको फेसलिफ्ट भर्सनबाटै लिइने भएपनि केही ईभी विशेष फिचरहरु थप हुने संभावना छ । सो नयाँ ईभी एमपिभीको मूल्य भारतिय बजारमा १८ लाख भारुदेखी सुरु हुने अनुमान गरिएको छ ।
किया इन्डियाको प्रिमियम एसयूभी सेल्टोसले लन्च भएको ४६ महिना भित्रमा ५ लाख...
किया ईभी३ लाई २०२५ को विश्व कार अवार्डमा विजेता घोषित गरिएको छ । यो घोषणा...
दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...