भारत र इन्डोनेसियामा बनेका किया गाडी नेपालमा, यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा भारत र इन्डोनेसियामा बनेका किया ब्रान्डका गाडी भित्रिन्छन् । नेपालमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाका गाडी आयात गरेर बिक्री–वितरण गर्दै आएको छ ।

नेपालमा हाल इन्टरनल कम्बसन इन्जिन अर्थात आईसीई तर्फ किया सोनेट, सेल्टोस र क्यारेन्स उपलब्ध छन् भने ईभीतर्फ ईभी६ र ईभी९ उपलब्ध छन् । यी मध्ये अन्य मोडल भारतमै उत्पादन हुन्छन् भने ईभी६ र ईभी९ इन्डोनेसियामा उत्पादन हुन्छन् ।

किया सोनेट १२ सय र १५ सय सीसी इन्जिनमा उपलब्ध छन् । यसको मूल्य ४१ लख ९० हजार देखि ६३ लाख ९० हजार रुपैयाँ सम्म छ । त्यसैगरी किया सेल्टोस १५ सय सीसी इन्जिनमा उपलब्ध छ । यसको मूल्य ५२ लाख ९० हजार देखि ८९ लाख ९० हजार रुपैयाँ सम्म छ ।

किया क्यारेन्स भने एउटै भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ । किया ईभी६ को मूल्य १ करोड २५ लाख ९० हजार र ईभी९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ छ ।

नेपाली बजारमा अन्य मोडलका अतिरिक्त किया सेल्टोस निकै नै रुचाइएको मोडल हो । यो विभिन्न भेरिएन्टमा उपलब्ध छ । यस मध्ये पछिल्लो पटक २०२५ मोडलको किया सेल्टोस एचटीके भेरिएन्ट भित्रिएको हो । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ । यो भन्दा पहिले २०७६ सालमा समेत नेपाल भित्रिदा यसको चर्चा निकै नै चुलिएको थियो । नेपाली सडकमा प्रशस्तै किया सेल्टोस एसयूभी गुडिरहेका छन् ।

१.५ लिटर पेट्रोल इन्जिनयुक्त सो एसयूभीमा ६ एयरब्याग, पुस स्टार्ट बटन, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ८।२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६०ः४० स्प्लिट सिट र १९२ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचर उपलब्ध छन् ।

नेपाली बजारमा उपलब्ध कियाको सबैभन्दा महंगो मोडल किया ईभी९ हो । किया ईभी९ मा १६० किलोवाटरको मोटर र ७७ किलोवाट आवरको ब्याट्री छ । रियर ह्विल ड्राइभमा उपलब्ध सो इलेक्ट्रिक एसयूभीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी९ले ३५० किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

सम्बन्धित समाचारहरू

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड...

२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर

२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर

कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

नयाँ एडास फिचर र प्रिमियम फिचरले सुसज्जित किया ईभी४ अन्तरार्ष्ट्रिय बजारमा

नयाँ एडास फिचर र प्रिमियम फिचरले सुसज्जित किया ईभी४ अन्तरार्ष्ट्रिय बजारमा

किया हाल आफ्नो इलेक्ट्रिक सवारी साधनको लाइनअप विस्तार गर्नमा व्यस्त छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...