हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड
काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...
जापानी मोटरसाइकल निर्माता कम्पनी कावासाकीले केएक्स६५ र केएक्स११२ बाइक भारतमा लन्च गरेको छ । नयाँ कावासाकी केएक्स६५ कम्पनीको सबैभन्दा सानो र सस्तो मूल्यको बाइक हो, जसको तौल ६० किलोग्राम मात्र छ ।
कम्पनीले कावासाकी केएक्स६५ को मूल्य ३ लाख १२ हजार र कावासाकी केएक्स ११२ को मूल्य ४ लाख ८७ हजार भारु तोकेको छ ।
कावासाकीको यो दुबै बाइकमा लामो सेट फ्रन्ट फेडल, अपस्वेप्ट टेल प्यानल, मिनिमलिस्ट बडी प्यानल र ट्युब–टाइप टायरसहितको वायर स्पोक ह्विल जस्ता डिजाइन दिइएको छ । यद्यपि दुवै बाइकमा हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर र रियरभ्यु मिरर हुने छैन ।
कावासाकी केएक्स६५ मा कम्पनीले ६४सीसीको लिक्विड कुल्ड, टु स्ट्रोक, सिंगल सिलिन्डर कार्बुरेटेड इन्जिन दिएको छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो बाइकको लम्बाई १५९० एमएम, चौडाइ ७६० एमएम, उचाई ९५५ एमएम र ग्राउन्ड क्लियरेन्स ३०५ एमएम छ । बाइकको सिट हाइट ७६० एमएम र फ्युल ट्यांक क्षमता ३.८ लिटरको छ । बाइकको फ्रन्टमा १४ इन्च र रियरमा १२ इन्चको ह्विल दिइएको छ ।
कावासाकी केएक्स११२ मा कम्पनीले ११२ सीसीको लिक्विड कुल्ड इन्जिन र २ स्ट्रोक इन्जिन दिएको छ । सो बाइकमा पनि इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो बाइकको लम्बाई १९२० एमएम, चौडाइ ७६५ एमएम, उचाई ११५० एमएम र ग्राउन्ड क्लियरेन्स ३३० एमएम छ । बाइकको सिट हाइट ८७० एमएम र फ्युल ट्यांक क्षमता ५ लिटरको छ । बाइकको फ्रन्टमा १९ इन्च र रियरमा १६ इन्चको ह्विल दिइएको छ ।
केएक्स११२ बाइकलाई मिड लेभल अफरोड सेगमेन्टका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यद्यपि कावासाकीले दुवै बाइकको पावर आउटपुट अहिलेसम्म खुलाएको छैन ।
यो बाइक तत्काल नेपाल आउने सम्भावना भने छैन ।
काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले बडा...
भारतमा सबैभन्दा पहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी मध्मे एक हिरोहोन्डा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...