‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते हुने

काठमाडौं - सिप्रदी अटोपार्ट्स प्रालिले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” अन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते गर्ने भएको छ।

कार्तिक २० गतेसम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन्। विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा सार्वजनिक गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ।

यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ। प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सीसी मोटरसाइकल राखिएको छ, जससँगै टीभीएस एनटर्क १२५ सीसी स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। अफर कार्तिक २० गतेसम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन्। यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो र विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन्।

सम्बन्धित समाचारहरू

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...

भोली टिगोर इभीको औपचारिक लन्च हुने

भोली टिगोर इभीको औपचारिक लन्च हुने

टाटा माटर्सको बहुप्रतिक्षत इलेक्ट्रिक कार टिगोरको भोली नेपालमा औपचारिक...

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...