जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि सुरु भएको नाडा अटो शो २०२५ मा औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

यसका साथै जिलीका दुई भेरिएन्ट ईएक्स ५ म्याक्स र प्रो तथा जेवाई एयर अल्ट्रा लाइट अब नेपाली ग्राहकले पनि टेस्ट ड्राइभ र खरिद गर्न सक्ने बताइएको छ ।

ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता रहेको एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स ५ भित्र्याएको हो भने एलआरआर मोटर्स जेवाई अटो ग्रुपको समेत नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको बताएको छ ।

यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकहरूले आकर्षक जिली ईएक्स ५ म्याक्स ६४ लाख ९९ हजारमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा ३ लाख रुपैयाँ कम हो। त्यस्तै, स्टाइलिस जिली ईएक्स ५ प्रो ५४ लाख ९९ हजारमा उपलब्ध छ, जबकी यसको वास्तविक मूल्य ५८ लाख कायम गरिएको छ ।

त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले ६४ लाख ९९ हजारमा उपलब्ध छ भने सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट केवल ४९ लाख ९९ हजारमै खरिद गर्न सकिनेछ।

यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरू माझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको बताएको छ।

यसैगरी, एलआरआर मोटर्सले जिली ईएक्स ५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। २ लाख रुपैयाँको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स वा एक तोला सुन, वा १ लाख ८० हजार सम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्।

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने तर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीले विश्वास लिएको बताएको छ ।

सम्बन्धित समाचारहरू

युरो ६ सकारात्मक : तर तयारी गरेर मात्र लागू गर्न नाडाको आग्रह

युरो ६ सकारात्मक : तर तयारी गरेर मात्र लागू गर्न नाडाको आग्रह

काठमाडौं – सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने...

सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

इन्डियन स्टार्टअप सिम्पल इनर्जीले आफ्नो पहिलो विद्युतीय स्कुटर सिम्पल...

आयोनिक ५ को पहिलो लट भयो पुरै बुक, नयाँ ग्राहकले कम्तीमा ३ महिना कुर्नुपर्ने

आयोनिक ५ को पहिलो लट भयो पुरै बुक, नयाँ ग्राहकले कम्तीमा ३ महिना कुर्नुपर्ने

हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...