फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...
इन्डियन स्टार्टअप सिम्पल इनर्जीले आफ्नो पहिलो विद्युतीय स्कुटर सिम्पल वान स्कुटर १ लाख ४५ हजार भारु मूल्यमा लन्च गरेको छ । सो स्कुटर ६ रङमा उपलब्ध छ ।
कम्पनीले सो स्कुटरमा ५ किलोवाटको लिथियम आयन ड्युअल ब्याट्री प्याक दिएको छ । यो स्कुटरलाई सामान्य चार्जरबाट ५.५४ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एक पटक फुल चार्ज गरेपछि यसले २१२ किलोमिटरको रेन्ज दिन्छ । सिम्पल वान इलेक्ट्रिक स्कुटरले २.७७ सेकेन्डमा ४० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीको दाबी छ ।
सिम्पल वानमा कम्पनीले ब्लुटुथ, एलईडी लाइटिङ, एन्ड्रोइड ओएस, क्लाउड कनेक्टिभिटी र रिजेनेरेटिभ ब्रेकिङ जस्ता फिचर समावेश गरेको छ । यसका साथै स्कुटरमा इको, ड्यास, राइड र सोनिक जस्ता राइडिङ मोड पनि दिइएको छ । सो स्कुटरमा ३० लिटरको स्टोरेज स्पेस पनि दिइएको छ ।
सिम्पन वान इलेक्ट्रिक स्कुटर लन्च पछि हाल बजारमा उपलब्ध ओला एस१, चेतक, भिडा, टीभीएस आईक्युब र एथरलाई कठिन भएको छ । सिम्पल वानको सबैभन्दा ठूलो यूएसपी यसको रेन्ज हुनेछ । सो स्कुटर खरिद गर्नका लागि सिम्पल इनर्जीको वेबसाइटमा सजिलैसँग अनलाइन बुक गर्न सकिन्छ ।
काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...
के तपाईं कार ड्राइभ गर्न सिक्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कारको...
नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...