यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर
चीनको प्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी शाओमीले स्कुटर, गेमिङ मोनिटर र...
हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुक भएको छ । नेपालका लागी आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हिजो इलेक्ट्रिक कारको बिशेष शोरुम सुचारुसंगै बिक्री थालेको आयोनियक ५ को केही युनिटमात्र शोरुममा राखेको छ । बाँकी युनिट भन्सारबाट आउँदै गरेको र बुकिङ लिएका ग्राहकलाई क्रमिक रुपमा हस्तान्तरण गरिँदै जाने कम्पनी स्रोतले बताएको छ ।
नेपाल आएको पहिलो लट पुरै बुक भैसकेको र बुकिङमा रुची राख्ने ग्राहक समेत बढिरहेका कारण नयाँ ग्राहकले कम्तीमा ३ महिनासम्म कुनुपर्ने उक्त स्रोतले नेपाल अटोलाई बतायो । कम्पनीले पहिलो लटमा २ दर्जन बढी आयोनिक ५ मगाएको थियो । प्रिमियम सेग्मेन्टको यो इलेक्ट्रिक कार नेपाल भित्रिएदेखि नै यसले इभी पारखीको ध्यान आकृष्ट गरिरहेको छ ।
बजारमा अहिले थुप्रै ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध भएपनि आयोनिक ५ जत्तिको फिचर्स लोडेड प्रिमियम कार अन्य ब्रान्डसंग नभएका कारण अबको केही समयसम्म यो इलेक्ट्रिक कार चर्चामा रहिरहने र यसले प्रिमियम इभी खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गरिरहने विश्वास कम्पनीले लिएको छ ।
हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको यो कारको हाल दुई भेरिएन्ट उपलब्ध रहेको छ । जसमध्ये प्यानोरामिक सनरुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याट कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम थप गर्नुपर्नेछ ।
चीनको प्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी शाओमीले स्कुटर, गेमिङ मोनिटर र...
काठमाडौं – अतुल अटोको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले एक...
काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...