अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर प्रस्तुत गरेको छ । सो गाडी कम्पनीले टु डोर इलेक्ट्रिक कारको रुपमा ल्याएको हो । यसको विशेषता भनेको यसको सिजर डोर हो । साथै डोरको डिजाइन पनि निकै एयरोडाइनामिक बनाइएको छ ।

जेएसडब्ल्यू एमजी साइबरस्टर इलेक्ट्रिक सुपर कारमा कम्पनीले शक्तिशाली ब्याट्री र मोटर उपलब्ध गराएको छ । यसमा रहेको ब्याट्रीले फुल चार्ज गरेपछि ५०७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसको ब्याट्रीलाई १४४ किलोवाटको फास्ट चार्जरबाट ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

गाडीमा जडान गरिएको मोटरले ३७५ किलोवाटको पावर र ७२५ एनएमको टर्क जेनेरेट गर्छ, जसका कारण यसलाई ३.२ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गतिमा चलाउन सकिन्छ । यसको टप स्पिड १९५ किलोमिटर प्रति घण्टा छ । साथै यसमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभको विकल्प पनि रहेको छ ।  

कम्पनीले यसमा १०.२५ इन्चको भर्चुअल क्लस्टर, ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ७ इन्चको ड्राइभर टचस्क्रिन उपलब्ध गराएको छ । साथै यसमा बोस साउन्ड सिस्टम, वाई सेप स्पोर्ट्स सिट, १९ र २० इन्चको अलोय ह्विल, फुल इलेक्ट्रिक हुड, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता धेरै फिचर दिइएको छ ।

भारतमा ल्याएको एमजी साइबरस्टर केही समयपछि औपचारिक रूपमा लन्च हुनेछ । हाल, कम्पनीले जनवरी १७, २०२५ बाट यसको रिजर्वेसन सुरु गरेको छ। गाडीको डेलिभरी मार्च २०२५ देखि सुरु हुनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...