टिभिएसको एओजी राइड सम्पन्न, ४० राइडरहरूको सहभागिता
काठमाडौँ – टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ...
जनकपुरधाम – टीभीएस रेडर मोटरसाइकल किन्दा धनुषाको सपहीका एक जना ग्राहकले १० लाख रुपैयाँ जितेका छन् ।
धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका सपहीका उत्तिमलाल साहले सो पुरस्कार जितेका हुन् । उत्तिमले मोटरसाइकल किन्नु अघि पर्चेज बोनस स्वरुप ५ हजार रुपैयाँ समेत प्राप्त गरेका थिए । उत्तिमलाई जनकपुरधामको आर्यन अटोमोबाइल्सका संचालक रामबालक महतोले टीभीएस रेडर बाइक हस्तान्तरण गरेका छन् भने उनले प्राप्त गरेको १० लाख पुरस्कार रकम केही समय पश्चात हस्तान्तरण गरिने छ ।
उत्तिमलालले किनेको टीभीएस रेडर बाइकको मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँ पर्छ । उनले किन्नका लागि लिएको पैसा नतिरेर उल्टो बाँकी रकम समेत थप पाउने भएका छन् ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना उपलब्ध गराएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत वेबसाइटमा गएर बाइक वा स्कुटर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र, हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजी फाइनान्स उपलब्ध गराउने बताएको छ ।
केही दिन पहिले राजधानीको भृकुटीमण्डपमा टीभीएसले आयोजना गरेको महा एक्सचेन्ज मेलामा टेकराज गुरुङले समेत खरिद अघि ५ हजार र खरिद पश्चात ५ लाख नगद जितेका थिए ।
यो वाहेक देशभरका शोरुमबाट खरिद पश्चात धेरैले १ लाख, ५० हजार, २५ हजार आदि नगद जितिरहेका छन् ।
काठमाडौँ – टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ...
काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको...
काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...