जनकपुरमा उत्तिमलालले २ लाख ७१ हजारको टीभीएस बाइक किन्दा जिते १० लाख नगद

जनकपुरधाम – टीभीएस रेडर मोटरसाइकल किन्दा धनुषाको सपहीका एक जना ग्राहकले १० लाख रुपैयाँ जितेका छन् ।

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका सपहीका उत्तिमलाल साहले सो पुरस्कार जितेका हुन् । उत्तिमले मोटरसाइकल किन्नु अघि पर्चेज बोनस स्वरुप ५ हजार रुपैयाँ समेत प्राप्त गरेका थिए । उत्तिमलाई जनकपुरधामको आर्यन अटोमोबाइल्सका संचालक रामबालक महतोले टीभीएस रेडर बाइक हस्तान्तरण गरेका छन् भने उनले प्राप्त गरेको १० लाख पुरस्कार रकम केही समय पश्चात हस्तान्तरण गरिने छ ।

उत्तिमलालले किनेको टीभीएस रेडर बाइकको मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँ पर्छ । उनले किन्नका लागि लिएको पैसा नतिरेर उल्टो बाँकी रकम समेत थप पाउने भएका छन् ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना उपलब्ध गराएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत वेबसाइटमा गएर बाइक वा स्कुटर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र, हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजी फाइनान्स उपलब्ध गराउने बताएको छ ।

केही दिन पहिले राजधानीको भृकुटीमण्डपमा टीभीएसले आयोजना गरेको महा एक्सचेन्ज मेलामा टेकराज गुरुङले समेत खरिद अघि ५ हजार र खरिद पश्चात ५ लाख नगद जितेका थिए ।

यो वाहेक देशभरका शोरुमबाट खरिद पश्चात धेरैले १ लाख, ५० हजार, २५ हजार आदि नगद जितिरहेका छन् ।

सम्बन्धित समाचारहरू

प्रदूषण कम गर्न हाइड्रोजनबाट चल्ने स्कुटर ल्याउदै टीभीएस

प्रदूषण कम गर्न हाइड्रोजनबाट चल्ने स्कुटर ल्याउदै टीभीएस

विश्वभरि द्रुत रूपमा बढ्दो प्रदूषण स्तरलाई कम गर्नका लागि अटो निर्माता...

टीभीएस एक्स : लाइभ लोकेशन सेयरिङ फिचरसहित सबैभन्दा महँगो इलेक्ट्रिक स्कुटर लन्च

टीभीएस एक्स : लाइभ लोकेशन सेयरिङ फिचरसहित सबैभन्दा महँगो इलेक्ट्रिक स्कुटर लन्च

टीभीएस मोटरले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस एक्स लन्च गरेको छ । लाइभ...

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएसले भारतीय बजारमा इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब एसको नयाँ भर्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...