एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने
काठमाडौँ – लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर...
काठमाडौं - ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै नेपालमा जेइको तथा ओमोडाका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइको जे५ प्रोका लागि विशेष ‘नाडा विशेष योजना’ सार्वजनिक गरेको छ। सीमित अवधिका लागि उपलब्ध यो योजनाअन्तर्गत प्रिमियम विद्युतीय एसयूभी जेइको जे५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ। यो भन्दा पहिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा उपलब्ध अफर ग्राहकको बढ्दो मागका कारण बढाइएको कम्पनीको भनाइ छ ।
जेइको जे५ प्रोमा सेग्मेन्टमै उत्कृष्ट मानिने विभिन्न विशेषता समावेश छन्। यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, १५५ किलोवाट क्षमताको विद्युतीय मोटर, १९ भन्दा बढी एडीएएस सुविधा तथा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ।
जेइको जे५ ले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो बलियो उपस्थिति स्थापित गरिसकेको छ। थाइल्यान्ड र इन्डोनेसियामा यो सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी बनेको छ। यसले प्रदर्शन, प्रविधि, व्यावहारिकता र मूल्यको उत्कृष्ट संयोजन खोज्ने ग्राहकबीच जेइको जे५ को बढ्दो लोकप्रियतालाई देखाउँछ।
जेइको जे५ प्रोले नेपाली बजारमा उत्कृष्ट प्रदर्शन क्षमता र एसयूभीको व्यावहारिकतालाई एकैसाथ प्रस्तुत गरेको छ। ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री, १९ भन्दा बढी एडीएएस तथा सुरक्षा सुविधा, प्यानोरामिक मुनरुफ र ४८० लिटरको बुटस्पेसजस्ता प्रिमियम तथा सेग्मेन्टमै उत्कृष्ट विशेषताहरू यसमा उपलब्ध छन्। यी विशेषताले आधुनिक प्रविधि, आराम, सुरक्षा र दैनिक उपयोगितालाई एउटै विद्युतीय एसयूभीमा समेटेका छन्।
१८५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सका कारण जेइको जे५ प्रोले नेपालको विविध सडक तथा भौगोलिक अवस्थालाई सहज रूपमा सामना गर्न सक्ने कम्पनीले जनाएको छ। यसका साथै पूर्ण आकारको स्पेयर टायरको उपलब्धताले नेपाली ग्राहकका लागि थप व्यावहारिकता र यात्राका क्रममा थप आत्मविश्वास प्रदान गर्नेछ।
ग्राहकको स्वामित्व अनुभवलाई थप मूल्यवान् बनाउन जेइको जे५ प्रोमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको छ। यसले दीर्घकालीन स्वामित्व र ग्राहकको विश्वासप्रति जेइकोको प्रतिबद्धतालाई थप बलियो बनाउने कम्पनीको विश्वास छ।
शक्तिशाली विद्युतीय प्रदर्शन, एसयूभीको व्यावहारिकता, अत्याधुनिक प्रविधि र दीर्घकालीन वारेन्टीको संयोजनका कारण जेइको जे५ प्रो प्रिमियम विद्युतीय एसयूभीमा अपग्रेड हुन चाहने ग्राहकका लागि आकर्षक विकल्प बनेको छ।
अन्तर्राष्ट्रिय बजारमा हासिल गरेको सफलता, उत्कृष्ट प्रदर्शन क्षमता र ग्राहककेन्द्रित स्वामित्व प्याकेजका कारण जेइको जे५ प्रोले नेपालको तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन बजारमा जेइकोको उपस्थिति थप मजबुत बनाउने कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...