रिडारा आरडी६ फाेरडब्लुडी बन्याे मनाङ पुग्ने पहिलो ईभी पिकअप
काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एउटा महत्वपूर्ण...
काठमाडौं–जेइकोको नयाँ इलेक्ट्रिक एसयूभी जे५ ६० लाख आसपासमा लन्च हुने भएको छ । साउने २१ बाट सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत औपचारिक लन्च हुने तयारीमा रहेको जे५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको हो ।
भन्सार प्रयोजनका लागि प्रकाशन गरिएको उक्त मूल्यमा पछि केही थपघट हुनसक्ने भएपनि जे५ ६० लाख आसपासमै लन्च हुने लगभग निश्चित जस्तै देखिन्छ । नेपाली बजारका लागि वहुप्रतिक्षित रहँदै आएको जे५ यसअघि ५० लाख देखि ५५ लाखको बिचमा लन्च हुने अनुमान गरिँदै आएको थियो ।
जेइको ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई५ र जेइको जे६ ईभी लाइनअपसँगै नयाँ जेइको जे५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको बताएको छ ।
साहसिक यात्राका लागि बनाइएको जेइको जे५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल–रोड–रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे५ को सार्प–एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफरोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।
जे५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रयुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रंक स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् ।
जेइको जे–फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८ इन्चको अग्लो अलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।
जेइको जे५ ले चालक–यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।
काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एउटा महत्वपूर्ण...
काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीको आयात बढेको छ । गत...
गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा ईभी आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...