चिनियाँ सवारी साधनमा लगातार दोस्रो पटक चेरी बन्यो विश्वसनियतामा नम्बर १
चीनका अग्रणी अटोमोबाइल ब्रान्डहरूमध्ये चेरीले गुणस्तर र...
काठमाडौं – नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयूभी ‘जेइको जे५’ सार्वजनिक गरेको छ।
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको लाइनअप ल्याएको बताएको छ।
शहरी सडकदेखि अफरोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको छ। रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट–इन–क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प बनाएको कम्पनीको दावी छ ।
नाइमा एक्सपो विशेष अफरअन्तर्गत, जेइको जे५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि ग्राहकहरूले यसलाई हाल ५६ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सक्ने भएका छन् ।
ओमोडा र जेइकोका अन्य मोडलमा समेत कम्पनीले विशेष मूल्य उपलब्ध गराएको बताएको छ ।
पहिले ६१ लाख ९९ हजारमा उपलब्ध ओमोडा ई५ नाइमा विशेष मूल्यको रुपमा ५४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ ।
त्यसैगरी जेइको जे६ पहिले ६९ लाख ९९ हजारमा उपलब्ध भएकोमा नाइमा विशेष मूल्यको रुपमा ६५ लाख ९९ हजारमै उपलब्ध हुनेछ ।
नाइमा मोबिलिटी एक्सपो २०२५ मा ओमोडा वा जेइकोका कुनै पनि मोडल बुक गर्ने सबै ग्राहकले विशेष अफर र छुटहरूको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...