फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर ल्याएको छ । सो पिकअपको २०२४ मोडललाई कम्पनीले थाईल्यान्डमा सार्वजनिक गरेको हो । जुन सन् २०१९ मा लन्च भएको थर्ड जेनेरेशनमा आधारित रहेको छ ।

सो नयाँ मोडलमा कम्पनीले डिजाइन, टक्नोलोजी र सेफ्टि फिचर्समा ब्यापक परिवर्तन गरेको छ । यसको फ्रन्ट ग्रिल निकै मस्कुलर देखिएको छ भने हेडलाइट र टेलगेट र नयाँ दिइएको छ । साथै यसमा मेट ब्ल्याक कलरमा १८ इन्चको एलोई ह्विल पाउन सकिन्छ ।

डुअल टोन इन्टेरियर दिइएको सो पिकअपमा ९ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको डिजिटल डिस्प्ले दिइएको छ । साथै यसमा एडिएएस सहतिको इन्जिन स्टार्ट फंक्सन र एडप्टिभ क्रुज कन्ट्रोल लगायत फिचर समेत पाउन सकिन्छ ।

१.९ र ३.० लिटर डिजेल इन्जिनमा उपलब्ध यसको पावर क्रमश १४८ बीएचपी र १८७ बीएचपी रहेको छ भने टर्क ३५० तथा ४५० एनएम छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । डि–म्याक्स भी–क्रस नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको लाइफस्टायल पिकअप ट्रक हो । नेपालमा यो भारतबाट आयत हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

सुबारुको माइलस्टोन : विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी उत्पादन

सुबारुको माइलस्टोन : विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी उत्पादन

जापनिज कार निर्माता कम्पनी सुबारुले विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी...

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

नेपाली बजारमा उपलब्ध पिकअप मध्ये इसुजु एस–क्याब पिकअप पनि एक हो ।...

इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...