थप सुरक्षित बनेर आयो इसुजु भी–क्रसको २०२४ मोडल

इसुजुले भारतमा २०२४ भी–क्रस पिकअप ट्रक लन्च गरेको छ । अपडेट गरिएको मोडलको मूल्य २१ लाख २० हजार भारु राखिएको छ ।

सो अपडेटेड मोडलमा इसुजुले धेरै परिवर्तनहरू गरेको छ । पिकअप ट्रकमा नयाँ फ्रन्ट बम्पर गार्ड, इन्जिन हुड गार्निस, रियर कम्बो ल्याम्प गार्निस, फेन्डर लिप्स र ब्ल्याक अलोय ह्वील दिइएको छ ।

पुरानो मोडलको तुलनामा धेरै सेफ्टि फिचर दिइएको सो पिकअपमा ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल र हिल स्टार्ट असिस्ट सुविधा रहेको छ । साथै यसमा पछाडिको सिट डिटेक्ट गर्ने सेन्सरहरू पनि राखिएको छ, जुन तीनवटै सिटमा वेल्ट वार्निङ इन्डिकेटर सहित आउँछ ।

नयाँ भी–क्रसमा १.० लिटर, ४–सिलिन्डर डिजेल इन्जिन जडान गरिएको छ, जसले १६३ बिएचपी पावर र ३६० एनएम टर्क दिन्छ । फोर ह्विल ड्राइभ सिस्टममा समेत उपलब्ध सो पिकअप ६ स्पिड म्यानुअल र टर्क कन्भटर अटोमेटिक अप्सनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

डिएफएसके भ्यालु फर मनी प्रडक्टका रुपमा परिचित छ

डिएफएसके भ्यालु फर मनी प्रडक्टका रुपमा परिचित छ

डिएफएसके ब्रान्ड नेपाल भित्रिएको ३ बर्ष पुरा भएको छ । यो अबधीमा नेपाली...

सुबारुको माइलस्टोन : विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी उत्पादन

सुबारुको माइलस्टोन : विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी उत्पादन

जापनिज कार निर्माता कम्पनी सुबारुले विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी...

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...