डिएफएसके भ्यालु फर मनी प्रडक्टका रुपमा परिचित छ
डिएफएसके ब्रान्ड नेपाल भित्रिएको ३ बर्ष पुरा भएको छ । यो अबधीमा नेपाली...
इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डी-म्याक्सको इलेक्ट्रिक संस्करण सार्वजनिक गरेको छ। यसअघि थाइल्याण्डमा आयोजित ४५औं बैंकक अन्तर्राष्ट्रिय मोटर शोमा यसको कन्सेप्ट मोडल देखाइएको थियो भने अहिले यसको प्राेडक्सन भर्सन सार्वजनिक गरिएको हो ।
सो इलेक्ट्रिक डी-म्याक्स पेट्रोल वा डिजेल मोडेलजस्तै देखिए पनि यसको संरचना इलेक्ट्रिक प्रविधिमा आधारित छ। यस गाडीको उत्पादन थाइल्याण्डमा सुरु भइसकेको छ।
इसुजुले युरोप र बेलायतका लागि डी-म्याक्स ईभी मोडल पनि प्रस्तुत गरिसकेको छ। युरोपेली बजारका लागि बनाइएको मोडल लेफ्ट ह्यान्ड ड्राइभ हुनेछ र यसको उत्पादन थाइल्याण्डमै हुनेछ। २०२५ को तेस्रो त्रैमासिकदेखि डेलिभरी सुरु हुने बताइएको छ। राइट ह्यान्ड ड्राइभ मोडल २०२४ को अन्त्यतिर उत्पादनमा जानेछ र बेलायतमा यसको बिक्री २०२६ मा सुरु हुने अनुमान छ।
इलेक्ट्रिक डी-म्याक्सको अगाडि ड्युअल स्लेट ग्रिलमा निलो हाइलाइट, हेडलाइटमा निलो एक्सेन्ट र कालो स्पोर्टी अलोय ह्विलले सो मोडललाई विशेष बनाएको छ। हाल यो ड्युअल-क्याब भर्सनमा मात्र उपलब्ध छ।
यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ८ स्पिकर अडियो सिस्टम, ड्युअल-जोन क्लाइमेट कन्ट्रोल, अटो-डिमिङ रियर-भ्यु मिरर र पार्किङ सेन्सर जस्ता फिचर समावेश छ ।
इसुजु डी-म्याक्स ईभीमा ६६.९ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले १८८ बीएचपीको पावर र ३२५ एनएमको टर्क जेनेरेट गर्छ । सो गाडीले एकपटकको पूर्ण चार्जमा २६३ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा ५० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १ घण्टा पनि लाग्दैन। यस्तै, ११ किलोवाटको एसी होम चार्जर प्रयोग गरेर ० देखि १०० प्रतिशत चार्ज गर्न करिब १० घण्टा लाग्छ । यसको अधिकतम गति १२५ किलोमिटर प्रति घण्टा छ ।
डी-म्याक्स पहिलेदेखि नै अफ-रोडिङ क्षमताका लागि चर्चित ट्रक हो र इसुजुले यसको ईभी संस्करणमा पनि त्यो शक्ति कायम राखेको छ। यसमा स्थायी ४x४ ड्राइभरट्रेन, २१० एमएम ग्राउन्ड क्लियरेन्स र ६०० एमएमको वाटर वेडिङ गहिराइ क्षमता छ। इसुजुको सो नयाँ इलेक्ट्रिक पिकअप ट्रकले परम्परागत शक्ति र आधुनिक प्रविधिको सन्तुलन प्रस्तुत गर्दै बजारमा विशेष स्थान बनाउन सक्ने सम्भावना बोकेको देखिन्छ।
डिएफएसके ब्रान्ड नेपाल भित्रिएको ३ बर्ष पुरा भएको छ । यो अबधीमा नेपाली...
नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...