इसुजु डी-म्याक्स पिकअप ट्रक अब इलेक्ट्रिकमा

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डी-म्याक्सको इलेक्ट्रिक संस्करण सार्वजनिक गरेको छ। यसअघि थाइल्याण्डमा आयोजित ४५औं बैंकक अन्तर्राष्ट्रिय मोटर शोमा यसको कन्सेप्ट मोडल देखाइएको थियो भने अहिले यसको प्राेडक्सन भर्सन सार्वजनिक गरिएको हो ।

सो इलेक्ट्रिक डी-म्याक्स पेट्रोल वा डिजेल मोडेलजस्तै देखिए पनि यसको संरचना इलेक्ट्रिक प्रविधिमा आधारित छ। यस गाडीको उत्पादन थाइल्याण्डमा सुरु भइसकेको छ।

इसुजुले युरोप र बेलायतका लागि डी-म्याक्स ईभी मोडल पनि प्रस्तुत गरिसकेको छ। युरोपेली बजारका लागि बनाइएको मोडल लेफ्ट ह्यान्ड ड्राइभ हुनेछ र यसको उत्पादन थाइल्याण्डमै हुनेछ। २०२५ को तेस्रो त्रैमासिकदेखि डेलिभरी सुरु हुने बताइएको छ। राइट ह्यान्ड ड्राइभ मोडल २०२४ को अन्त्यतिर उत्पादनमा जानेछ र बेलायतमा यसको बिक्री २०२६ मा सुरु हुने अनुमान छ।

इलेक्ट्रिक डी-म्याक्सको अगाडि ड्युअल स्लेट ग्रिलमा निलो हाइलाइट, हेडलाइटमा निलो एक्सेन्ट र कालो स्पोर्टी अलोय ह्विलले सो मोडललाई विशेष बनाएको छ। हाल यो ड्युअल-क्याब भर्सनमा मात्र उपलब्ध छ।

यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ८ स्पिकर अडियो सिस्टम, ड्युअल-जोन क्लाइमेट कन्ट्रोल, अटो-डिमिङ रियर-भ्यु मिरर र पार्किङ सेन्सर जस्ता फिचर समावेश छ ।

इसुजु डी-म्याक्स ईभीमा ६६.९ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले १८८ बीएचपीको पावर र ३२५ एनएमको टर्क जेनेरेट गर्छ । सो गाडीले एकपटकको पूर्ण चार्जमा २६३ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा ५० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १ घण्टा पनि लाग्दैन। यस्तै, ११ किलोवाटको एसी होम चार्जर प्रयोग गरेर ० देखि १०० प्रतिशत चार्ज गर्न करिब १० घण्टा लाग्छ । यसको अधिकतम गति १२५ किलोमिटर प्रति घण्टा छ ।

डी-म्याक्स पहिलेदेखि नै अफ-रोडिङ क्षमताका लागि चर्चित ट्रक हो र इसुजुले यसको ईभी संस्करणमा पनि त्यो शक्ति कायम राखेको छ। यसमा स्थायी ४x४ ड्राइभरट्रेन, २१० एमएम ग्राउन्ड क्लियरेन्स र ६०० एमएमको वाटर वेडिङ गहिराइ क्षमता छ। इसुजुको सो नयाँ इलेक्ट्रिक पिकअप ट्रकले परम्परागत शक्ति र आधुनिक प्रविधिको सन्तुलन प्रस्तुत गर्दै बजारमा विशेष स्थान बनाउन सक्ने सम्भावना बोकेको देखिन्छ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम आयातको विकल्प ग्रिन हाइड्रोजन निर्यात बन्न सक्ने अर्थमन्त्री शर्माको भनाइ

पेट्रोलियम आयातको विकल्प ग्रिन हाइड्रोजन निर्यात बन्न सक्ने अर्थमन्त्री शर्माको भनाइ

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा...

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...

एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...