कमर्सियल भेइकलको निर्यातमा इसुजुले मा-यो छलाङ, बन्यो भारतको अग्रणी निर्यातकर्ता

जापनिज अटो निर्माता इसुजुले भारतमा निकै राम्रो उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०२४–२५ मा इसुजु भारतबाट कमर्सियल भेइकलको शीर्ष निर्यातकर्ताको रूपमा देखा परेको छ ।

आर्थिक वर्ष २०२३–२४ मा १६ हजार ३२९ युनिट कमर्सियल भेइकल निर्यात गरेको इसुजुले गत आर्थिक वर्षमा २४ प्रतिशतले बढाएर २० हजार ३१२ युनिट पुर्याएको हो । इसुजुले भारतमा पिकअप ट्रक उत्पादन गरी बिक्री तथा निर्यात गर्दै आएको छ ।

आन्ध्र प्रदेशको श्री सिटीमा रहेको इसुजु प्लान्टले लेफ्ट र राइट दुबै ह्यान्ड ड्राइभका सवारी साधन उत्पादन गर्छ । यस प्लान्टले हालै १ लाख युनिट उत्पादनको माइलस्टोन हासिल गरेको थियो ।

इसुजुले नेपाल, भुटान, बंगलादेश, साउदी अरेबिया, बहराइन, कतार, कुवेत, ओमान र जोर्डन लगायत एशिया र मध्य पूर्वका बजारहरूमा भारतमा निर्मित कमर्सियल भेइकल निर्यात गर्दै आएको छ । नेपाली बजारमा यसको हाइल्यान्डर र डी म्याक्स मोडलका पिकअप ट्रक निकै लोकप्रिय मानिन्छन्।

सम्बन्धित समाचारहरू

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर...

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

काठमाडौं – इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले आज देखि एक्सचेन्ज...

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

नेपाली बजारमा उपलब्ध पिकअप मध्ये इसुजु एस–क्याब पिकअप पनि एक हो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...