चर्चित दुई राइडरद्वारा सीएफमोटो बाइकमा आइरन बट च्यालेन्ज प्रयास, एक ऐतिहासिक कदम

काठमाडौं – नेपालले पहिलोपटक विश्वस्तरको सहनशील (इन्ड्युरेन्स) मोटरसाइक्लिङमा आफ्नो उपस्थिति जनाउँदै छ ।

नेपाली राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ र स्वपन प्रधानले ‘आइरन बट च्यालेन्ज – स्याडलसोर १०००’ पूरा गर्ने औपचारिक प्रयास गरेका छन् । यो विश्वकै कठिन सहनशील राइडमध्ये एक हो, जसमा २४ घण्टाभित्र १ हजार माइल (१,६०९ किलोमिटर) दूरी पार गर्नुपर्छ ।

श्रेष्ठ र प्रधानले यो चुनौतीका लागि सीएफमोटो ब्रान्डका दुई मोटरसाइकल — सीएफमोटो ४५०एमटी र सीएफमोटो ४५०एनकेमा यात्रा सुरु गरेका थिए । उनीहरूको उद्देश्य नेपालका कठिन र विविध भौगोलिक क्षेत्र हुँदै विश्वस्तरको इन्ड्युरेन्स राइडका लागि नेपालको तयारी देखाउनु थियो ।

तर यात्रा क्रममा कठिन सडक र प्रतिकूल मौसमका कारण केही खण्डहरूमा अप्ठ्यारो अवस्था हुँदा उनीहरूले सुरक्षाको दृष्टिले यात्रा बीचमै रोक्न बाध्य भए ।

यद्यपि दूरी पूरा गर्न नसके पनि यो प्रयासलाई नेपाली मोटरसाइकल समुदायका लागि ऐतिहासिक उपलब्धि मानिएको छ । यसले नेपाल अन्तर्राष्ट्रिय साहसिक मोटरसाइक्लिङ क्षेत्रमा अघि बढ्न तयार रहेको सन्देश दिएको छ ।

राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ भन्छन्, ‘नेपालसँग साहसिक मोटरसाइक्लिङका लागि भू–परिस्थिति, उत्साह र मनोबल छ । हामी विश्वलाई यो देखाउन चाहन्छौं।’ नारायणघाट देखि सुरु भएर सुदूर पश्चिम हुँदै पूर्व तिर जाँदै गर्दा बीचमा मौसमका कारण राइड रोक्नु परेकोमा दुःख व्यक्त गर्दै उनले यस प्रकारको राइड सम्भव भएको र नेपाललाई पनि साहसिक राइडका लागि पहिचान कायम गर्न सकिने बताए ।

त्यस्तै उनका सहयात्री स्वपन प्रधान भन्छन्, ‘हामीले यात्रा गरेका प्रत्येक किलोमिटरले नेपाली राइडरको क्षमता प्रमाणित ग¥यो। यो प्रयास यहाँ रोकिन सक्छ, तर यो एउटा ठूलो यात्राको सुरुवात हो।’

सीएफमोटो ४५०एमटीले विविध भू–भागमा उत्कृष्ट स्थिरता र सस्पेन्सन प्रदर्शन गर्दै आफ्नो सहनशीलता देखायो भने सीएफमोटो ४५०एनके, जुन सामान्यतया स्ट्रिट–नेकेड परफर्मेन्स बाइकका रूपमा चिनिन्छ, लामो राजमार्ग यात्रामा पनि समान रूपमा सक्षम र आरामदायी सावित भयो ।

यो प्रयासलाई सीएफमोटो नेपाल, लोकोमो नेपाल, लिक्विई मोली नेपाल, र पेट्रोनस स्प्रिन्टा नेपालको सहयोग रहेको थियो ।

यो प्रयासले नेपालका मोटरसाइकलप्रेमीहरूलाई विश्वस्तरको सहनशील यात्रामा अघि बढ्ने प्रेरणा दिएको बताइएको छ ।

के हो आइरन बट च्यालेन्ज ?
आइरन बट च्यालेन्ज विश्वकै चर्चित सहनशील मोटरसाइक्लिङ कार्यक्रम हो, जुन विशेष गरी अमेरिकामा लोकप्रिय छ । यो कार्यक्रम आइरन बट एसोसिएसन (आईबीए) द्वारा संचालन हुन्छ, जसलाई ‘विश्वकै कठिन राइड’ भनेर चिनिन्छ ।

यस च्यालेन्जको मुख्य उद्देश्य तीव्र गतिमा होइन, सुरक्षित र निरन्तर लामो दूरीको यात्रा पूरा गर्नु हो । सहभागीले निश्चित समयभित्र तोकिएको दूरी तय गर्नुपर्छ र यात्राको प्रमाणका रूपमा इन्धन रसिद, दूरी र समयको अभिलेख राख्नुपर्छ ।

यस मध्ये सबैभन्दा चर्चित श्रेणी ‘स्याडलसोर १०००’ हो, जसमा २४ घण्टा भित्र १ हजार माइलको दुरी पार गर्नु पर्छ । अन्य कठिन श्रेणीहरुमा ३६ घण्टामा १५ सय माइल पार गरिने ‘बन बर्नर १५००’ र ११ दिनमा ११ हजार माइल पार गरिने ‘आइरन बट र्याली’ पर्छन् ।

यो कार्यक्रम सन् १९८० तिर अमेरिकाबाट सुरु भएको हो र अहिले विश्वभरका सहनशील राइडरहरूका लागि प्रतिष्ठाको प्रतीक बनेको छ ।

सम्बन्धित समाचारहरू

सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न

सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न

काठमाडौं – सीएफमोटोको नेपालका लािग आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...

एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

एनपीएल सिजन २ आजदेखि, फरक प्रकारले सहभागिता जनाउँदै छन् यी अटोमोबाइल कम्पनी

काठमाडौं – नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल...

रिजर्भमा बाइक चलाउने बानी छ ? यस्तो हुन सक्छ असर

रिजर्भमा बाइक चलाउने बानी छ ? यस्तो हुन सक्छ असर

रिजर्भ मोडमा बाइक चलाउँदा फाइदा देखिए तापनि पछि यसले बाइकलाई हानी पु¥याउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...