टीभीएस एनटर्कको बिक्री २५ लाख युनिट नाघ्यो

काठमाडौं–टीभीएस एनटर्कले २५ लाख युनिटभन्दा बढी बिक्रीको माइलस्टोन पार गरेको छ ।

भारतीय बजारमा जुपिटरपछि टीभीएसको दोस्रो सबैभन्दा बढी बिक्री हुने यो स्कुटर १२५ सीसी र १५० सीसी गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ ।

सन् २०१८ को फेब्रुअरीमा १२५ सीसी भेरियन्टबाट बिक्री सुरु भएको यस स्कुटरमा पछि १५० सीसी भेरियन्ट पनि थपिएको थियो ।

कम्पनीका अनुसार यो स्कुटर लन्च भएको साढे चार वर्षमा १० लाख युनिट बिक्री भएको थियो भने त्यसपछिको तीन वर्षमा २० लाखको आँकडा छोएको थियो ।

१५० सीसी भेरियन्ट बजारमा आएपछि पछिल्लो १५ महिनामै थप ५ लाख युनिट बिक्री भई कुल बिक्री २५ लाख नाघेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...