अब लाइसेन्स र ब्लुबुक नवीकरणको पैसा समेत घरैबाट तिर्न सकिने
काठमाडौं – लाइसेन्स र ब्लुबुक नवीकरण अनलाइनमार्फत गर्न सकिने विभिन्न...
काठमाडौं - असोज १८ गतेदेखि अविरल वर्षा र बाढी पहिरोका कारणले भएको क्षतिबाट बीमा कम्पनीहरुमा ४ अर्ब भन्दा बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १७ गतेसम्ममा बीमा कम्पनीहरुमा ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
प्राधिकरणका अनुसार बाढी पहिरोको क्षतिका कारण बीमा कम्पनीहरुमा ७८१ वटा बीमा दावी परेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार बाढी पहिरोका कारण सबैभन्दा बढी सम्पत्ति बीमामा क्षति पुगेको छ । सो अवधिसम्म ४१० वटा सम्पत्ति बीमाको दाबी परेको छ ।
त्यस्तै, ५० वटा सवारीमा क्षति पुगेको प्रारम्भिक विवरण छ । यता, २१० वटा कृषि, १०६ इञ्जिनियरिङ बीमालेख अन्तर्गत दावी पेश भएको देखिन्छ ।
कम्पनीहरुले बीमा दाबीको सुक्ष्म भुक्तानी गरेका छन् । हालसम्म बाढी पहिरोको कारण भएको क्षतिमा परेको कुल दाबीमा बीमकहरुले १ करोड ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । जुन यो कुल दाबी रकमको ०.४६ प्रतिशत मात्रै भुक्तानी रकम हो ।
सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, कम्पनीहरुले ८२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत पनि ५० करोड ३७ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, यसको भुक्तानी भने १ लाख ९० हजार रुपैयाँ मात्रै देखिन्छ ।
त्यस्तै, मोटर बीमा अन्तर्गत निजी तर्फ २ करोड ८२ लाख र सार्वजनिक तर्फ १ करोड ८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । हालसम्म निजी मोटर बीमा अन्तर्गत ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । सार्वजनिक तर्फ भने अहिलेसम्म भुक्तानी भएको छैन् ।
यता, कृषि बाली बीमालेखमा पनि ४ करोड १३ लाख रुपैयाँ बराबरको दावी परेको छ । यसमा १३ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । यस्तै, लघुबीमा अन्तर्गत १२ लाख रुपैयाँ र सामुन्द्रिक बीमा तर्फ ९ लाख रुपैयाँ दावी पेश भएको छ ।
काठमाडौं – लाइसेन्स र ब्लुबुक नवीकरण अनलाइनमार्फत गर्न सकिने विभिन्न...
काठमाडौँ – अब नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २४ घण्टामै...
आधुनिक कारहरू एडभान्स टेक्नोलोजीले सुसज्जित भएका छन् । यी फिचरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...