यस्तो बन्यो नाडाको नयाँ कार्यसमिति, हेर्नुहोस् कुन व्यवसायीको के व्यवसाय ?

अटोमोबाइल ब्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यसबाट व्यवसायी ध्रुव बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ ।

ध्रुव बहादुर थापा अटोमोबाइल उत्पादनको कारोबार गर्ने ५ वटा कम्पनी संलग्न हिमालय अर्गनाइजेसनका संस्थापक हुन् । उनी फोर्स गाडीको आधिकारिक बितरक आयाम इन्टरकिन्टनेन्टलका अध्यक्ष समेत छन् ।

त्यसैगरी सदस्यमा विजयी मिलन बाबु मल्ल यामाहा मोटरसाइकलको डिलर रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक हुन् । उनी यामाहा मोटरसाइकल र जेसिबी इक्विपमेन्टको बिक्रेता हुन् । उनले उपत्यकामा मात्र यामाहाको ३ वटा शोरुम चलाउँछन् । अनुपकुमार बराल सुजुकी गाडीको वितरक नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक हुन् । उनले ललितपुरको बालकुमारीमा सुजुकी गाडी र टीभीएस मोटरसाइकलको शोरुम चलाउँदै आएका छन् ।

राजनबावु श्रेष्ठ सिप्रदी कम्पनिजका सीईओ हुन् । उनी संलग्न सिप्रदी कम्पनिजले नेपालमा टाटा ब्रान्डका कमर्सियल एवं प्यासेन्जर कार, एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स, मिसेलिन टायर र पुराना गाडीको खरिदबिक्री तथा सट्टापट्टासम्मको व्यवसाय गर्दै आइरहेको छ । सिप्रदी नेपालको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीका रुपमा समेत परिचित छ ।

नेपालका लागि सिएट टायर, इएनआई लुब्रिकेन्ट्स र हिटाची ब्याट्रीको आधिकारिक बिक्रेता सुरेन्द्र उप्रेती संलग्न एसटिसी ग्रुपले भेरोक, एएसके, युकाल, एफसिसी, लुमाक्स, प्रिकोल र अन्य ब्रान्ड समेत गरी डेढ दर्जन ब्रान्डका स्पेयर पार्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । उनले कारोबार गर्ने यी सबै ब्रान्ड ओईएममा सप्लाई हुने प्रख्यात उत्पादन हुन् ।

सुनिल रिजाल भावना विजनेस लिंकका म्यानेजिङ डाइरेक्टर हुन् । उनी कार्यरत कम्पनी र विभिन्न ग्रुपले टाटा अटोकम, टाल, आईपीएच आदि कम्पनीका उत्पादन देखि आनन्द ग्रुपका विभिन्न स्पेयर पार्ट्स नेपालमा उपलब्ध गराइरहेको छ । त्यसैगरी मिको वाटर पम्प, जुपिटर क्लिप, आरडीएसका कम्पोनेन्ट, एआरबी बेरिङ, लुमन फिल्टर, स्प्रिङ पट्टा, एसीआई बेरिङ तथा विभिन्न खुद्रा स्पेयर पार्ट्स उनीहरुको समूहले उपलब्ध गराइरहेको छ ।

अभिक ज्योति संलग्न ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले नेपालमा हिरो ब्रान्डको मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेको छ । प्रकाश कपुरीले काठमाडौं र विर्तामोडमा होन्डा मोटरसाइकलको शोरुम चलाउँदै आएका छन् भने विक्रम सिंघानिया टायर व्यवसायी हुन् । उनको समूहले हालै शेर्पा ब्रान्डको नेपाली टायर नेपालमै उत्पादन थालेको छ । गोपाल भट्टराई चितवनका युवा व्यवसायी हुन् । उनी टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको चितवन र नवलपरासीमा अवस्थित डिलर सफल मोटर्सका प्रबन्ध निर्देशक हुन् । त्यसैगरी उनले सर्भिस सेन्टर समेत सञ्चालन गरेका छन् । उनी नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

निलमणि पाठक (राम) त्रिशुल अटोमोबाइल्स ट्रेडर्स एन्ड टायर सेन्टरका सञ्चालक हुन् । उनले विभिन्न ब्रान्डका पार्ट्सको समेत कारोबार गर्छन् । बरदान बस्नेत अग्नि ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनी संलग्न ग्रुपले महिन्द्रा प्यासेन्जर कार तथा पिकअप, महिन्द्रा ट्याक्टर र पुराना गाडीहरुको समेत खरिदबिक्री र सट्टापट्टा गर्दै आइरहेको छ ।

पंकज अग्रवाल पार्ट्स व्यवसायी हुन् । उनले जोया ट्रेड कन्सर्नमार्फत विभिन्न ब्रान्डका पार्ट्सको कारोबार गर्छन् ।

निराकार श्रेष्ठ लक्ष्मी ग्रुपका निर्देशक हुन् । उनी संलग्न लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई र बीएमडब्लु गाडीको साथै एसएमएल इसुजुको समेत आयात गर्दै आइरहेको छ । यो ग्रुपले टोटल लुब्रिकेन्ट्स, टाटा ग्रिन ब्याट्री र टायर समेत आयात गर्छ ।

यमुना श्रेष्ठ नाडाको इतिहासमै पहिलो महिला सदस्य बनेकी छिन् । उनी साइमेक्स इंककी प्रबन्ध निर्देशक हुन् । साइमेक्स इंकले नेपालमा चिनियाँ ब्रान्डको बहुचर्चित इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी आयात गर्दै कारोबार गरिरहेको छ । कपिल शिवाकोटी लक्ष्मी ग्रुप अन्तर्गतकै एसएमएल इसुजु र टायर, ब्याट्री एबं लुब्रिकेन्ट डिभिजनका सेल्स एन्ड अपरेसन निर्देशक हुन् । उनी यो भन्दा पहिले विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहिसकेका प्रतिष्ठित युवा व्यवसायी मानिन्छन् ।

प्रदीपमान प्रधान हिट्को प्रालिका अध्यक्ष हुन् । नेपाली बजारमा ग्यारेज इक्विपमेन्ट व्यवसायीको रुपमा उनी बढी परिचित छन् । हिट्को प्रालिले एटिएस एल्गी ब्रान्डका ग्यारेज इक्विपमेन्टका साथै अन्य विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आएको छ ।

गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा संलग्न कम्पनीहरुले फोर्ड, प्युजो, सिट्रोन गाडी र हुन्डाई हेभी इक्विपमेन्टको आयात गरी कारोबार गर्दै आइरहे पनि उनी फोर्ड गाडीको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशकका रुपमा उनी बढी परिचित छन् ।

देश संघीयतामा गएसँगै नाडाले समेत आफ्नो संगठन प्रदेश स्तरमा विस्तार गरिसकेको छ । अहिले नाडाको सातवटै प्रदेशमा संगठन विस्तार भैसकेको छ । जसका कारण सदस्य संख्या समेत बढेर ३२ सय हाराहारी पुगेको छ ।

अब यी विजेताहरुबाटै पदाधिकारी समेत चयन हुने छन् ।

सम्बन्धित समाचारहरू

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

अंग्रेजी वर्ष २०२२ अन्ततः हामीबाट बिदा भएको छ । विभिन्न उतारचढाव झेलेको यो...

भेटघाटलाई तीव्रता दिदै नाडा प्रतिनिधि मण्डल,  विभिन्न विषयमा छलफल सम्पन्न

भेटघाटलाई तीव्रता दिदै नाडा प्रतिनिधि मण्डल, विभिन्न विषयमा छलफल सम्पन्न

काठमाडौं – केही दिन अघि नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक...

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी विशेष साधारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...