इलेक्ट्रिक गाडीको आयातमा छलाङ, ६ महिनामा कुन देशबाट कति भित्रिए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जाँदा आयातमा पनि उल्लेखिय वृद्धि भइरहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्येक महिना ईभी गाडीको आयातले प्राथमिकता पाइरहेको देखिएको हो । विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुषसम्ममा विभिन्न ब्रान्डका ५ हजार ४८० वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ ।

विभागले ५० किलोवाट क्षमताका ईभी १७ सय २५, ५१ देखि १०० किलोवाट क्षमताका ३१ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५५३ वटा गाडीको आयात भएको बताएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ९ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकले देखाएको छ । १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।

उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नाले ईभीको प्रयोग बढ्दै गएको हो ।

सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै बृद्धि हुने व्यवसायीहरू बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ९५८ र भारतबाट ७६७ वटा भित्रिएका छन् । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २७ सय ७, भारतबाट ३८३ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकले देखाएको हो ।

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५३१, जर्मनीबाट १७, कोरियाबाट १ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।

यसका साथै २०१ देखि ३०० किलोवाटको चीनबाट ७, जर्मनीबाट २ र ३०० भन्दा किलोवाट भन्दा माथिको २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

युरोपमा दोस्रो एसेम्बली प्लान्ट निर्माण योजनामा बीवाईडी

युरोपमा दोस्रो एसेम्बली प्लान्ट निर्माण योजनामा बीवाईडी

चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीले दक्षिण युरोपमा दोस्रो एसेम्बली...

प्रशस्तै नगद छुटमा बिक्री भइरहेका छन् इलेक्ट्रिक स्कुटर, रोजाइमा छन् एकसेएक ब्रान्ड

प्रशस्तै नगद छुटमा बिक्री भइरहेका छन् इलेक्ट्रिक स्कुटर, रोजाइमा छन् एकसेएक ब्रान्ड

नेपाली अटो बजारमा अहिले इलेक्ट्रिक सवारीसाधन सर्वाधिक चर्चाको विषय...

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

भारतमा निर्माण भएर विश्व बजारमा बिक्रीका लागि प्रस्तुत गरिएको सुजुकीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...