अपग्रेड हुँदै हिरो एक्सपल्स २००टी : यस्तो हुनेछ अपकमिङ मोडल

हिरो एक्सपल्स २०० टी अब केही कस्मेटिक तथा मेकानिकल परिवर्तनका साथ आउने छ । २०२२ को सो मोडल स्टुडियो सटको रुपमा अनलाइनमा लिक भएको छ ।

पहिले भन्दा यसको हेडल्याम्प माथि सानो फ्लाई स्क्रिन हुनेछ । त्यसैगरी फोर्क गेटर्स, पहिले भन्दा फरक र सामान्य ग्र्याब रेल तथा नयाँ बेली प्यानका साथ सो मोटरसाइकल उपलब्ध हुनेछ ।

यो भन्दा वाहेक हिरोको यो मोडल पहिले भन्दा फंकी डिजाइनमा उपलब्ध हुनेछ भने नयाँ ड्युअल टोन कलर स्किम समेत उपलब्ध हुन सक्ने छ । त्यसैगरी यो फोर भल्व अप्सनमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले औपचारिक रुपमा यस वारेमा केही कुरा सार्वजनिक गरेको छैन ।

हिरोले २०० सीसी प्लेटफर्ममा चार विभिन्न मोडल उपलब्ध गराइरहेको छ । ती मध्ये नेकेड र फुल फेयर्डमा एक्सट्रिम ब्रान्ड नेम उपलब्ध गराइरहेको छ भने एड्भेन्चर र टुरर मोडलका लागि एक्सपल्स ब्रान्ड नेम छ ।

एक्सपल्स २०० चाहिं एड्भेन्चर मोडल हो । एक्सपल्स २०० टी टुरर मोडल हो । एक्सपल्स २०० जति एक्सपल्स २०० टी लोकप्रिय बन्न नसकिरहेको अवस्थामा कम्पनीले नयाँ भर्सन बजारमा ल्याउने तयारी गरिरहेको अनुमान गर्न सकिन्छ ।

आगामी फेस्टिभ सिजन सम्ममा यो मोटरसाइकल भारतीय बजारमा उपलब्ध हुन सक्छ । त्यसपछि नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम

अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम

कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम...

इलेक्ट्रिक मोबिलिटीका लागि हिरो मोटोकर्प र गोगोरो बीच साझेदारीको घोषणा

इलेक्ट्रिक मोबिलिटीका लागि हिरो मोटोकर्प र गोगोरो बीच साझेदारीको घोषणा

हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो...

हार्ले डेभिडसनले ल्यायो २ लाख २९ हजार भारुमा सबैभन्दा कम मूल्यको बाइक

हार्ले डेभिडसनले ल्यायो २ लाख २९ हजार भारुमा सबैभन्दा कम मूल्यको बाइक

हार्ले डेभिडसनले सबैभन्दा सस्तो बाइक हार्ले डेभिडसन एक्स४४० भारतमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...