सडकमा गुड्दै गर्दा यस्ता कुरामा ध्यान दिऔं
सडकको दुरावस्था, अपर्याप्त सडक फर्निचर र ट्राफिक नियमको बेवास्ताका कारण...
भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं मानिस सडक दुर्घटनामा घाइते हुने गरेका छन् भने हजारौंले ज्यान गुमाउने गरेका छन्। यही चुनौतीलाई सम्बोधन गर्न भारतीय सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्दै सवारी भेइकल टु भेइकल सिस्टम लागू गर्ने तयारी गरेको छ। सो प्रविधिले सडकमा चलिरहेका सवारी साधनहरूलाई एकअर्कासँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्षम बनाउनेछ र सम्भावित दुर्घटनाबारे चालकलाई समयमै सचेत गराउनेछ।
भेइकल टु भेइकल सञ्चार प्रविधि अन्तर्गत प्रत्येक सवारी साधनमा सानो अन बोर्ड युनिट जडान गरिनेछ । यस युनिटमार्फत सवारी साधनहरूले वायरलेस रेडियो सिग्नल प्रयोग गरेर एकअर्कासँग निरन्तर जानकारी साटासाट गर्नेछन्। यस क्रममा गाडीको गति, स्थान, दिशा, ब्रेक लगाइएको अवस्था तथा गतिमा आएको परिवर्तनजस्ता विवरण नजिकै रहेका अन्य सवारी साधनसम्म पुग्नेछ।
यदि अगाडि चलिरहेको गाडीले अचानक ब्रेक लगायो, सडकमा दुर्घटना भयो, कुहिरोका कारण भिजिबिलिटी घट्यो वा कुनै ब्लाइन्ड स्पट आयो भने, पछाडिबाट आउँदै गरेका चालकले तुरुन्तै आफ्नो ड्यासबोर्ड वा डिस्प्लेमा चेतावनी प्राप्त गर्नेछन्। यसले चालकलाई समयमै प्रतिक्रिया दिन सहयोग पुर्याउनेछ र टक्करको सम्भावना धेरै हदसम्म घटाउनेछ।
भीटुभी सिस्टम इन्टरनेट वा मोबाइल नेटवर्कमा निर्भर नहुने भएकाले यो रेडियो सिग्नलमार्फत नै सञ्चालन हुनेछ। यस कारण दुर्गम क्षेत्रहरूमा पनि यो प्रविधि समान रूपमा उपयोगी हुनेछ। सो प्रविधि लागू भएपछि सडक दुर्घटनामा ८० प्रतिशतसम्म कमी आउन सक्ने विश्वास गरिएको छ। सो प्रविधि हाल प्रचलित एडास सिस्टमभन्दा अझ उन्नत हुनेछ, किनकि एडास क्यामेरा र सेन्सरमा निर्भर रहँदा भीटुभीले सवारी साधनहरूबीच प्रत्यक्ष सञ्चारमार्फत खतरा पहिल्यै पहिचान गर्न सक्षम बनाउनेछ।
भीटुभी उपकरणको अनुमानित लागत प्रतिगाडी ५ हजारदेखि ७ हजार रुपैयाँसम्म हुन सक्ने बताइएको छ। प्रारम्भिक चरणमा सो सिस्टम नयाँ सवारी साधनहरूमा लागू गरिनेछ भने पछि चरणबद्ध रूपमा पुराना सवारी साधनहरूका लागि पनि रेट्रोफिटिङ विकल्प ल्याइनेछ। यसका लागि सवारी साधन निर्माता कम्पनीहरूसँग मिलेर एकरूपता र सुरक्षित प्राविधिक मापदण्ड विकास गरिँदैछ।
सडकको दुरावस्था, अपर्याप्त सडक फर्निचर र ट्राफिक नियमको बेवास्ताका कारण...
काठमाडौँ – निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न...
चितवन – नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...