इलेक्ट्रिक मोबिलिटीका लागि हिरो मोटोकर्प र गोगोरो बीच साझेदारीको घोषणा

हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यसले विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल र स्कुटर निर्माता कम्पनी हिरो र सहरी ब्याट्री स्वापिङ तथा स्मार्ट मोबिलिटी नवप्रर्वतन अर्थात इनोभेसनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ ।

भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफर्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछन् र हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन् ।

नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले गोगोरोसँगको रणनीतिक साझेदारी मोबिलिटीको भविष्य बन्ने हिरोको भिजन अनुरुप भएको र हिरोको लक्ष्य अर्थात मिसन ‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत जीवन्त तुल्याउन यसले सहयोग गर्ने बताए । यो हिरोको यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको जानकारी दिए ।

“हामी सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाख भन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता छ,” गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने, “हीरो–गोगोरो साझेदारीले यी चुनौतीहरूलाई सम्बोधन गर्छ तथा स्मार्ट सवारी साधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हिरोको बजार सबलतालाई लाभ प्रदान गर्नेछ ।”

गोगोरो नेटवर्क एक हाइपर–इफिसियन्ट ब्याट्री स्वापिङ प्लेटफर्म हो जुन फ्रस्ट एन्ड सुलिभानले ‘ग्लोबल स्वापेबल ब्याट्री इलेक्ट्रिक स्कुटर मार्केट’को सन् २०२० मा कम्पनी अफ द इयर अवार्डबाट सम्मानित भएको छ । ३ लाख ७५ हजार भन्दा बढी सवारी चालक (राइडर्स) र २ हजार ब्याट्री स्वापिङ स्टेशनहरूको साथमा गोगोरो नेटवर्कले दैनिक २ लाख ६५ हजार ब्याट्री स्वाप गर्दछ, हाल सम्म यसले १७ करोड ४० लाखभन्दा बढी ब्याट्री स्वाप गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

हिरोले ल्यायो एक्स पल्स २०० फोरभीको -याली एडिसन, ग्राउन्ड क्लिरियन्स २७५ एमएम

हिरोले ल्यायो एक्स पल्स २०० फोरभीको -याली एडिसन, ग्राउन्ड क्लिरियन्स २७५ एमएम

हिरो मोटोकर्पले उच्च ग्राउन्ड क्लिरियन्स सहित एक्स पल्स २०० फोरभीको -याली...

हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ला त होन्डा सीबी२००एक्सले ? यस्तो छ फरक

हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ला त होन्डा सीबी२००एक्सले ? यस्तो छ फरक

होन्डा टु ह्विलर इन्डियाले नयाँ होन्डा सीबी२००एक्स एड्भेन्चर बाइक लन्च...

हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन

हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...