सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हार्ले डेभिडसनले सबैभन्दा सस्तो बाइक हार्ले डेभिडसन एक्स४४० भारतमा लन्च गरेको छ । यो बाइक हार्ले डेभिडसनले हिरो मोटोकर्पको साझेदारीमा विकसित गरेको पहिलो बाइक हो । यो बाइक २ लाख २९ हजार भारु मूल्यमा लन्च गरिएको हो ।
कम्पनीले एक्स४४० डेनिम, भिभिड र एस गरी ३ भेरिएन्टमा लन्च गरेको छ । हार्ले डेभिडसनले एक्स४४० लन्च गर्नुको मुख्य उद्देश्य कम्पनीलाई भारतमा स्थिरता दिनु रहेको बताएको छ । यो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५०, मेटियोर ३५० र येज्दी रोडस्टर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले यो बाइकलाई रेट्रो क्रुजर लुक दिएको छ । बाइकमा एलईडी हेडलाइटसँगै एलईडी डीआरएल र टर्न इन्डिकेटर पनि दिइएको छ । सो बाइकमा सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, एलसीडी डिस्प्ले र रेट्रो डिजाइन फ्युल ट्यांक उपलब्ध छ । बाइकमा ४४० सीसीको इन्जिन जडान गरिएको छ र बाइकको अगाडि अपसाइड डाउन टेलिस्कोपिक फोर्क सस्पेन्सनका साथै फ्रन्टमा १८ इन्च र पछाडि १७ इन्चको अलोय ह्विल छ ।
हार्ले डेभिडसन एक्स४४० मा कम्पनीले ई२० इन्धन कम्प्लायन्ट इन्जिन जडान गरेको छ, जसले २७ बीएचपीको पावर र ३८ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो इन्जिन लङ स्ट्रोक हो जसले २ हजार आरपीएममा ९० प्रतिशत टर्क जेनेरेट गर्छ । बाइकको अगाडि ३२० एमएम डिस्क ब्रेकका साथै ड्युअल च्यानल एबीएस जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...