यस्तो छ कारमा प्रयोग गरिने रियर भ्यु मिररको अर्थ र इतिहास
सवारी साधनमा रियर भ्यु मिरर अति महत्वपुर्ण हिस्सा हो । यसलाई कारमा...
काठमाडौं–सरकारले पेट्रोलियम इन्जिन भएको पुरानो सवारी साधनलाई विद्युतीय (ईभी) सवारी साधनमा रुपान्तरण गर्न सक्ने बाटो खुलाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर पेट्रोलियम इन्जिन भएको पुरानो सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सक्ने बाटो खुलाएको हो ।
मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १७६ ले दिएको अधिकार प्रयोग गरी सोहि ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुने गरी ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ छुट दिने निर्णय भएको भन्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
यो ऐनको दफा १७६ को विशेष अधिकारअन्तर्गत ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै सवारीसम्बन्धमा ऐनको कुनै व्यवस्था तोकिएको अवधिसम्म लागू नहुने गरी नेपाल सरकराले छुट दिन सक्नेछ भनेर व्यवस्था गरिएको छ ।
यस्तै दफा ३९ को उपदफा १ ले सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृत वेगर सवारीको रङ, सीट संख्या, स्वरुप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नहुने तर यो उपदफाले सवारीमा सामान्य पार्टपूर्जा परिवर्तन गर्न भने कुनै बाधा पुर्याएको मानिने छैन भन्ने व्यवस्था गरिएको छ ।
यो दफाको उपदफा २ ले उपदफा १ अनुसार हेरफेर गर्नुपरे गरी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्न स्वीकृति दिन सक्नेछ भनेर व्यवस्था गरेको छ ।
तर सवारी निर्माता कम्पनीले सवारीको बनोटसम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पेशिफिकेसन) मा परिवर्तन गर्ने गरी स्वीकृत दिन नसकिने व्यवस्था गरिएको छ । उपदफा २ अनुसार सवारी हेरफेरको लागि स्वीकृति दिँदा सवारी दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।
सवारी साधनमा रियर भ्यु मिरर अति महत्वपुर्ण हिस्सा हो । यसलाई कारमा...
कोरियन अटो निर्माता कियाले भारतमा जारी अटो एक्सपोमा आफ्नो वहुप्रतिक्षित...
धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...