लक्ष्मी हुन्डाईका दुई प्राविधिक अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान
काठमाडौं – सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी...
हुन्डाई मोटर इन्डियाले भेन्यु र भेन्यु एन लाइनमा नयाँ कनेक्टेड सेफ्टी फिचर थपेको छ। हुन्डाई ब्लुलिंक रिमोट इमोबिलाइजर नाम दिइएको सो फिचरले कारलाई स्मार्टफोनमार्फत टाढैबाट इमोबिलाइज गर्न सकिन्छ । यसले सवारी साधन चोरीको जोखिम कम गर्न मद्दत पुर्याउने अनुमान गरिएको छ ।
हुन्डाई ब्लुलिंक स्मार्टफोन एपमार्फत रिमोट इमोबिलाइजर सक्रिय गर्न सकिन्छ। गाडी पार्क गरिएको अवस्थामा एपबाट इमोबिलाइजर सक्रिय गरेपछि कारका केही फङ्सन निष्क्रिय हुन्छ र अनुमति बिना गाडी पुनः स्टार्ट गर्न सकिँदैन।
हुन्डाईले चलिरहेको गाडीको सेफ्टीलाई ध्यानमा राख्दै रिमोट इमोबिलाइजरले ड्राइभ गरिरहेको कारलाई अचानक बन्द नहुने गरी व्यवस्था गरेको छ। कार चलिरहेको अवस्थामा इमोबिलाइजर सक्रिय गरिए पनि यसले इन्जिनलाई रोक्दैन। तर गाडी एकपटक बन्द भएपछि भने इमोबिलाइजर सक्रिय रहेको अवस्थामा पुनः स्टार्ट गर्न सकिँदैन। चोरी भएको अवस्थामा सो फिचर विशेष रूपमा उपयोगी हुने कम्पनीको भनाइ छ। साथै ब्लुलिंकमार्फत सवारी साधनको लोकेसन ट्र्याकिङ सुविधा पनि उपलब्ध छ।
सो फिचर हाल रिमोट सीसीएनसी इक्विप्ट भेन्यु एचएक्स१० र भेन्यु एन लाइन एन१० भेरियन्टमा उपलब्ध गराइएको छ। कम्पनीले नोभेम्बर २०२५ देखि बिक्री भएका भेन्यु एचएक्स१० र एन लाइन एन१० का गाडीमा वर्कशपमा गएर ओटीए अपडेटमार्फत सो फिचर जडान गर्न सकिन्छ । सेप्टेम्बर २०२६ देखि भने सीसीएनसी सिस्टमसहितका भेन्यु एचएक्स१० र भेन्यु एन लाइन एन१० भेरियन्टमा रिमोट इमोबिलाइजरलाई स्ट्यान्डर्ड फिचरका रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...