हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

लस एन्जलस अटो शो २०२५ मा हुन्डाई मोटरले आफ्नो सबैभन्दा बलियो र साहसिक इलेक्ट्रिक एसयूभी क्रेटरको कन्सेप्ट सार्वजनिक गरेको छ । साथै हुन्डाईको आगामी एक्सआरटी मोडलको डिजाइन पनि क्रेटरबाट प्रेरित हुनेछ।

क्रेटरको सबैभन्दा ठुलो विशेषता भनेको हुन्डाईको नयाँ आर्ट अफ स्टिल डिजाइन हो । यसमा शार्प बडी लाइन, आकर्षक लुक र कठोर अफरोड लुकले सो गाडीलाई फ्युचरिस्टिक देखाउँछ । यसमा १८ इन्चका बलिया ह्विलमा ३३ इन्चका अल-टेरेन टायर जडान गरिएको छ । साथै अगाडि र पछाडि पिक्सेल स्टाइलका लाइट र छतमा ठूलो र्‍याक जडान गरिएको छ ।

यद्यपि कम्पनीले यसको सबै फिचरको बारेमा आधिकारिक जानकारी दिएको छैन । तर अनुमानित रिपोर्ट अनुसार यसमा ड्युअल मोटर ईभी सेटअप दिइएको छ । साथै फ्रन्ट र रियरमा एक्सलमा लकिङ डिफरेन्सियल दिइएको छ । यसमा रेगुलर साइड मिररको स्थानमा डिटेचेबल क्यामेरा जडान गरिएको छ ।  गाडी चलाउँदा यिनै क्यामेरा मिररको काम गर्छ ।

क्रेटरको क्याबिन फंक्शनल डिजाइनमा आधारित हुनेछ । यसमा रोल केज इन्स्पायर्ड स्ट्रक्चर, क्याम्पिङ स्टाइलको मोड्युलर सिट र ठुलो हेड-अप डिस्प्ले छ जसले सबै इन्फोटेनमेन्ट जानकारी देखाउँछ । परम्परागत ठुलो टचस्क्रिनको सट्टा सो सेटअपले स्पष्ट सन्देश दिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाइले लन्च गर्यो कम्प्याक्ट सेडान औराको फेसलिफ्ट, यस्तो छ मूल्य र फिचर

हुन्डाइले लन्च गर्यो कम्प्याक्ट सेडान औराको फेसलिफ्ट, यस्तो छ मूल्य र फिचर

हुन्डाई मोटर्स इण्डियाले कम्प्याक्ट सेडान औराको फेसलिफ्ट लन्च गरेको छ ।...

लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

बिश्वब्यापी सेमिकन्डक्टर अभाव र कोभीड महामारीका कारण उत्पादन कटौती...

नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी किन्दा ८१ हजार सम्म थप छुट पाउने

नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी किन्दा ८१ हजार सम्म थप छुट पाउने

काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...