हुन्डाई र टीभीएसको साझेदारीले पायो औपचारिकता, इलेक्ट्रिक थ्री ह्विलर निर्माण गर्ने

हुन्डाई मोटर कर्पोरेसन र टीभीएस मोटर कम्पनीले लास्ट माइल कनेक्टिभिटीको लागि इलेक्ट्रिक थ्री ह्विलर विकास गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत, हुन्डाईले आफ्नो अनुसन्धान र विकास, उन्नत मोबिलिटी प्रविधि र डिजाइनमार्फत इलेक्ट्रिक थ्री ह्विलर डिजाइनको नेतृत्व गर्नेछ ।

टीभीएसले आफ्नो विद्युतीय प्लेटफर्म, व्यापक थ्री ह्विलर इन्जिनियरिङ विशेषज्ञता र स्थानीय बजार ज्ञान प्रयोग गरेर उत्पादनको सह–विकास गर्नेछ । टीभीएसले स्थानीय बिक्रीको पनि नेतृत्व गर्ने सम्झौतामा उल्लेख गरिएको छ । दुई कम्पनीको सहकार्यले भारतीय बजारको माग र भविष्यको निर्यातलाई पूरा गर्ने विश्वास लिइएको छ ।

इलेक्ट्रिक थ्री ह्विलरका लागि आवश्यक कम्पोनेन्टहरू स्थानीय रूपमा उत्पादन गरिने सम्झौतामा उल्लेख गरिएको छ । नयाँ साझोदारीले भारतको अटोमोटिभ आपूर्ति शृङ्खलालाई बलियो बनाउनुको साथै रोजगारीका अवसरहरू सिर्जना गर्न र लागत घटाउन तथा स्पेयर पाट्र्सको उपलब्धता सुनिश्चित गर्न पनि मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यी दुई कम्पनीको साझेदारीमा विकास गरिएको पहिलो इलेक्ट्रिक थ्री ह्विलर ई३डब्लूको कन्सेप्टलार्ई भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचारहरू

सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव

सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव

लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...

मारुती र टोयोटालाई चुनौती दिन हुन्डाईले तयार गर्दैछ हाइब्रिड कार

मारुती र टोयोटालाई चुनौती दिन हुन्डाईले तयार गर्दैछ हाइब्रिड कार

हुन्डाईले मारुती र टोयोटालाई हाइब्रिड कारमा कडा चुनौती दिने भएको छ ।...

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

टीभीएसले एनटर्क स्कुटरको नयाँ संस्करण एक्सटी भारतीय बजारमा लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...