हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुण्डाईले सेप्टेम्बर ९ मा म्युनिखमा हुने आईएए मोबिलिटी शो २०२५ मा अनावरण गर्ने तयारी गरेको नयाँ सवकम्प्याक्ट ईभीको पहिलो टिजर सार्बजनिक गरेको छ ।

सो नयाँ ईभी आयोनिक२ नामले आउने र हुन्डाईको आयोनिक लाइनअपमा सबैभन्दा सानो मोडल हुने अपेक्षा गरिएको छ ।

टिजरमा देखाइए अनुसार सो नयाँ ईभीमा रियर डक स्पोइलर भएको ह्याचब्याक बडीस्टाइल दिइएको छ । यसमा हेडलाइट र टेललाइटहरूको लागि पूर्ण–चौडाइको एलईडी बारहरू हुने अपेक्षा गरिएको छ । कारमा फ्लेर्ड ह्वील आर्च र स्पोर्टी एयर इन्टेकहरू पनि देखाइएको छ । कार सार्बजनिक गर्नुअघि हुन्डाईले थप टिजर समेत सेयर गर्ने अपेक्षा गरिएको छ।

पावरट्रेनका विषयमा कम्पनीले हालसम्म कुनै विवरण सार्बजनिकग रेको छैन । यद्यपी यस नयाँ मोडलले किया ईभी२ र ईभी३ को जस्तै ई–जीएमपी आर्किटेक्चर पाउन सक्ने देखिन्छ । कारमा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुने संभावना देखिएको छ । नयाँ ईभी २०२६ देखी बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...