लिडार सेन्सर र स्मार्ट प्रविधिसहित आयो नयाँ दिपल एस०५
काठमाडौँ–दिपलले आफ्नो ग्लोबल मोडल एस०५ लाई रिफ्रेस गरेको छ । पाँच...
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आगामी साउन २६ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा अन्य गाडीका साथै हुन्डाईको नयाँ प्रिमियम र फ्ल्यागसिप ईभी आयोनिक ९ समेत प्रदर्शन गर्ने भएको छ । हाल विभिन्न शोरुमहरुमा सो गाडी सजाएर राखिएको भए पनि यो गाडी समेत एक्सपोको आकर्षण हुन सक्ने अनुमान गर्न सकिन्छ ।
हुन्डाईका धेरै मोडलका गाडी पहिले देखि नै नेपाली बजारमा उपलब्ध छन् । तर आयोनिक ९ हाल सम्मकै हुन्डाईको सबैभन्दा प्रिमियम र फिचर लोडेड गाडी हुनेछ । यसकारण यो गाडीको मूल्य पनि कति होला भनेर धेरैको चासो रहन सक्छ । कम्पनी स्रोतका अनुसार यो गाडीको मूल्य करिव २ करोड २० लाख रुपैयाँ पर्न सक्छ ।
हुन्डाईले यो भन्दा पहिले नेपाली बजारमा क्रेटा, कोना र आयानिक ५ लगायतका ईभी उपलब्ध गराएको छ । यी मध्ये सबैभन्दा महंगो ईभीको रुपमा आयोनिक ५ जीएलएस भिजन रुफ रहेको थियो र यसको मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । आयोनिक ९ को मूल्य भने ग्राहकले अनुरोध गरे बमोजिम उपलब्ध गराइने हुन्डाई नेपालको वेबसाइटमा उल्लेख गरिएको छ ।
यस अनुसार हुन्डाईले प्रिमियम ग्राहकहरुका लागि नयाँ गाडी भित्र्याएको अनुमान गर्न सकिन्छ । यति धेरै मूल्य भएको गाडीका विशेषता र फिचर पनि पक्कै प्रिमियम होलान् भन्ने अनुमान गर्न सकिन्छ । कम्पनीले यसलाई ‘द अल न्यु हुन्डाई आयोनिक ९ ः बिल्ट फर कम्फर्ट, बिल्ट टु बिलोङ’ भनेको छ । यसलाई इनोभेटिभ टेक्नोलोजी सहितको कटिङ–एज डिजाइनलाई फुजन गरिएको भनिएको छ । एरोडाइनामिक इनोभेसनलाई स्लिक र फुचरिस्टिक स्टाइलिङसँग जोड्ने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गरेको मान्न सकिन्छ ।
७ सिटर थ्री रो एसयूभीको रुपमा परिचित हुन्डाई आयोनिक ९ को पर्फमेन्स नेक्स्ट लेभलको छ । अल्ट्रा फास्ट चार्जिङ सुविधा सहितको यो गाडीले सिंगल चार्जमा ६२० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यसमा भएको ११०.३ किलोवाट आवरको ब्याट्रीलाई २४ मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

हुन्डाई ई–जीएमपी अर्थात इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा बनेको र यसमा भएको हाई–इन्ड ब्याट्री सिस्टम र एरोडाइनामिक डिजाइनले अद्वितीय अल–इलेक्ट्रिक पर्फमेन्स प्रदान गर्छ । यसले १६० किलोवाटको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ ।
एक्सटेरियर
हुन्डाई आयोनिक ९ को एक्सटेरियर अर्थात बाहिरी भागमा देखिने प्यारामेट्रिक पिक्सेल लाइट डिजाइनले धेरैको मन लोभ्याउन सक्छ । त्यसैगरी तलतिर एलईडी प्रोजेक्सन हेडल्याम्प सहितको एलईडी डेटाइम रनिङ लाइट, २० इन्चको अलोय ह्विल, एलईडी ब्रेक एन्ड इन्डिकेटर ल्याम्प, बोल्ड क्यारेक्टर लाइन सहितको सिमलेस एरोडाइनामिक डिजाइन आकर्षक छ । त्यसैगरी पछिल्लो भागमा रियर कम्बिनेसन ल्याम्प र हाई–माउन्टेड स्टप ल्याम्पलाई जोड्ने सिग्नेचर आयोनिक प्यारामेट्रिक पिक्सेल लाइटले आई–क्याचिङ भिजिबिलिटी प्रदान गर्छ । कम्प्याक्ट साइड मिरर, हिडन एन्टेना र ओपन गर्न मिल्ने प्यानोरामिक सनरुफ सहितको रुफ, अटो फ्लस डोर ह्यान्डल, डुअल मोसन एक्टिभ एयर फ्ल्याप सिस्टम आदिले यसको एक्सटेरियरलाई फरक बनाएको छ ।
इन्टेरियर
आयोनिक ९ को क्याबिन एक प्रकारको ‘परफेक्ट ओसिस’ जस्तै अनुभव गराउने लिभिङ स्पेस जस्तो लाग्छ । प्यानोरामिक कर्भ डिस्प्ले, फ्लोटिङ ड्यासबाेर्ड र एम्बियन्ट लाइटिङले यसलाई फ्युचरिस्टक बनाएको छ । यसमा १२.३ इन्चका प्यानोरामिक कर्भ डिस्प्ले सहितका डिजिटल क्लस्टर र सेन्टर इन्फोटेनमेन्ट सिस्टम रहेका छन् । त्यसैगरी प्रिमियम लेदर स्टेयरिङ ह्विल, सिम–लाइन भेन्ट र अटोमेटिक डुअल जोन एयर कन्डिसनिङ, फर्स्ट रोमा प्रिमियम रिलाक्सेसन सिट र सेकेन्ड रोमा बेन्च सिट रहेका छन् । यसलाई ६० र ४० को औसतमा फोल्ड गर्न सकिन्छ । यसका सबै रोमा प्रशस्तै हेडरुम र लेगरुम रहेका छन् । यसमा ३३८ लिटरको स्टोरेज क्षमता छ र सेकेन्ड र थर्ड रोलाई फोल्ड गर्दा २४९४ लिटरको कार्गो क्षमता हुन्छ ।
इन्टेरियरमा फ्रन्ट कप होल्डर्स र वायरलेस चार्जिङ प्याड, युनिभर्सल आइल्यान्ड २.० कन्सोल, सेकेन्ड रोमा समेत अटोमेटिक एसी, तीनवटै रोमा स्मार्टफोन चार्जिङका लागि १०० वाटको यूएसबी–सी पोर्ट, डबल लेमिनेटेड साउन्ड प्रुफ ग्लास, प्रिमियम १४ स्पिकर साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र बेजल–लेस इलेक्ट्रोनिक क्रोमिक मिरर लगायतका फिचर छन् ।
विशेष फिचरहरु
यसमा भएका विभिन्न फरक फिचरले अन्य सामान्य ईभी भन्दा यसलाई फरक देखाएको छ । यसमा भेइकल टु लोड अर्थात भीटुएल प्रविधि छ । यसकारण यो गाडीको सहयोगले इलेक्ट्रिक साइकल, स्कुटर वा क्याम्पिङ इक्विपमेन्ट लगायतका इलेक्ट्रिक डिभाइस चार्ज गर्न सकिन्छ । यसमा भएको टेरेन मोडका कारण गाडीलाई स्नो, स्यान्ड, मड आदि भएको सडकमा सहज तरिकाले ड्राइभिङ गर्न सकिन्छ । त्यसैगरी यसमा भएको स्मार्ट रिजेनेरेटिभ ब्रेकिङले रेन्ज बढाउन भूमिका खेल्छ ।
यसमा भएको अर्को महत्वपूर्ण प्रविधि हो हुन्डाई स्मार्टसेन्स । यो प्रविधिका कारण गाडीले अघिल्लो भागमा गाडी वा अन्य वस्तुबाट बचाउन, लेन फलो गर्न, लेन कायम राख्न, ब्लाइन्ड स्पट कोलिजनबाट बचाउन र पार्किङ कोलिजनबाट बच्न, पार्किङ डिस्टेन्स कायम राख्न सहयोग गर्छ । सुरक्षाका लागि यसमा १० एयरब्याग, ब्लाइन्ड स्पट भ्यु मोनिटर, सराउन्ड भ्यु मोनिटर लगायतका विभिन्न थप फिचर रहेका छन् ।
हुन्डाई नेपालले यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर चल्दा सम्मको वारेन्टी उपलब्ध गराउछ ।
विशेष गरी प्रिमियम ग्राहक लक्षित हुन्डाई आयोनिक ९ ले यो सेगमेन्टका ग्राहकलाई फरक पहिचान दिलाउने छ । हुन्डाईले कम मूल्य देखि उच्च मूल्य र फिचर भएका सबै गाडीका साथ कम्प्लिट सोलुसन नेपालमा उपलब्ध गराउने कार्यलाई यसमार्फत थप व्यवस्थित बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...