हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै
हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च...
हुन्डाईले आफ्नो माइक्रो एसयूभी एक्सटरलाई आज भारतीय बजारमा सार्वजनिक गरेको छ जुलाई महिनामा लन्च गर्ने तयारी गरेको सो नयाँ एसयूभीको उसले बुकिङ समेत खुल्ला गरेको छ । यसअघि टिजरमात्र सार्वजनिक भएको सो एसयूभीलाई कम्पनीले लन्च अगावै एक्सटेरियर डिजाइन सहित सार्वजनिक गरेर बुकिङ लिन थालेको हो । एक्सटर कुल ५ भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एक्सटरमा २० प्रतिशत इथानोल समेत मिश्रण गरेर प्रयोग गर्न मिल्ने नयाँ इन्जिन जडान गरिएको छ । १.२ लिटर क्षमताको सो पेट्रोल इन्जिनलाई हुन्डाइले भेन्यू, निओस र अउरामा समेत प्रयोग गर्दै आएको छ । सो माइक्रो एसयूभीमा ५ स्पिड म्यानुअल र ५ स्पिडकै एएमटी गियरवक्सको विकल्प दिइएको छ ।
ईएक्स, एस, एसएक्स, एसएक्स(अप्सनल) र एसएक्स, एसएक्स (अप्सनल) कै टप स्पेक भेरिएन्टमा उपलब्ध हुने सो एसयूभीको मूल्य भने लन्चिङ कार्यक्रममा सार्वजनिक गर्ने कम्पनीको भनाई छ । एक्सटरले टाटा पन्च र सिट्रोन सी३ लगायतसंग प्रतिस्पर्धा गर्ने देखिएको छ ।
एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ । यसको डीआरएल एच प्याटर्नमा राखिएको छ भने बोनेटमा क्यारेक्टर लाइन र साइड पार्टमा १५ इन्चको ड्युअल टोन अलोय ह्विल दिइएको छ । एक्सटरको इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्तै फिचर उपलब्ध हुनेछ ।
भारतीय बजारमा औपचारिक लन्च पश्चात यो नयाँ एसयूभी नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ । नेपाल आएपछि यो हुन्डाइको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो एसयूभी हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...