यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु फेसलिफ्टको इन्टेरियर, इन्जिन र फिचर
हुन्डाई मोटर इन्डियाले जुन १६, २०२२ मा फेसलिफ्ट भेन्यु लन्च गर्ने योजना...
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एक्सटरको डिजाइन सार्वजनिक गरेको छ । सो एसयूभीमा बोल्ड फ्रन्ट डिजाइन दिइएको छ । बाहिरी भागमा स्पेसल सिग्नेचर एच–एलईडी डीआरएल छ भने फ्रन्टको लुक राउन्ड र ग्रिलमा प्यारामेट्रिक प्याटर्न दिएको छ ।
हुन्डाईको सो एसयूभी सेन्सुअस स्पोर्टिनेसमा विकसित गरिएको हो । सो एसयूभी विशेषगरी युवावर्गलाई लक्षित गरी डिजाइन गरिएको छ । लन्चिङ पछि सो एसयूभीले मुख्यतया टाटा पन्च र हालै लन्च गरेको मारुती फ्रोङ्क्स र निसान म्याग्नाइटसँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाईको सो एसयूभी पेट्रोल ओनली अफरिङमा आउने अपेक्षा गरिएको छ । यसमा ट्रान्समिसन विकल्पमा म्यानुअल र अटोमेटिक समावेश हुने अपेक्षा गरिएको छ । सो एसयूभी फुल्ली फिचर लोडेड हुने सम्भावना छ र कनेक्टेड टेक्नोलोजी, ठूलो इन्फोटेनमेन्ट स्क्रिन र एड्भान्स फिचरमा आउनेछ ।
हुन्डाईले चाँडै नै एक्सटर एसयूभीको एक्सटेरियर, इन्टेरियर र फिचरको बारेमा खुलासा गर्नेछ । सो एसयूभी कम्पनीको स्टेबलमा भेन्यु, क्रेटा, अल्काजर, कोना इलेक्ट्रिक, टुसान र आयोनिक ५ मा सामेल हुनेछ । यसले सिट्रोन सी३, मारुती सुजुकी इग्निस र रेनो काइगरलाई पनि टक्कर दिनेछ ।
यसको मूल्य करिब ५ लाख भारु मूल्यबाट सुरु हुने अनुमान गरिएको छ ।
हुन्डाई मोटर इन्डियाले जुन १६, २०२२ मा फेसलिफ्ट भेन्यु लन्च गर्ने योजना...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...
हुन्डाईको नयाँ भर्नाले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ग्लोवल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...