१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो
अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एक्सटरको डिजाइन सार्वजनिक गरेको छ । सो एसयूभीमा बोल्ड फ्रन्ट डिजाइन दिइएको छ । बाहिरी भागमा स्पेसल सिग्नेचर एच–एलईडी डीआरएल छ भने फ्रन्टको लुक राउन्ड र ग्रिलमा प्यारामेट्रिक प्याटर्न दिएको छ ।
हुन्डाईको सो एसयूभी सेन्सुअस स्पोर्टिनेसमा विकसित गरिएको हो । सो एसयूभी विशेषगरी युवावर्गलाई लक्षित गरी डिजाइन गरिएको छ । लन्चिङ पछि सो एसयूभीले मुख्यतया टाटा पन्च र हालै लन्च गरेको मारुती फ्रोङ्क्स र निसान म्याग्नाइटसँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाईको सो एसयूभी पेट्रोल ओनली अफरिङमा आउने अपेक्षा गरिएको छ । यसमा ट्रान्समिसन विकल्पमा म्यानुअल र अटोमेटिक समावेश हुने अपेक्षा गरिएको छ । सो एसयूभी फुल्ली फिचर लोडेड हुने सम्भावना छ र कनेक्टेड टेक्नोलोजी, ठूलो इन्फोटेनमेन्ट स्क्रिन र एड्भान्स फिचरमा आउनेछ ।
हुन्डाईले चाँडै नै एक्सटर एसयूभीको एक्सटेरियर, इन्टेरियर र फिचरको बारेमा खुलासा गर्नेछ । सो एसयूभी कम्पनीको स्टेबलमा भेन्यु, क्रेटा, अल्काजर, कोना इलेक्ट्रिक, टुसान र आयोनिक ५ मा सामेल हुनेछ । यसले सिट्रोन सी३, मारुती सुजुकी इग्निस र रेनो काइगरलाई पनि टक्कर दिनेछ ।
यसको मूल्य करिब ५ लाख भारु मूल्यबाट सुरु हुने अनुमान गरिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...
काठमाडौं– हुन्डाईले आफ्नो सर्बाधिक सफल मिड साइज एसयुभी क्रेटाको ईभी भर्सन...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...