हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि मन्त्रालयले माग्यो सुझाव, यस्तो छ सुझाव दिने प्रक्रिया

काठमाडौं – नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयले विभिन्न सुझावहरु माग गरेको छ ।

मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकाससम्बन्धी सुझावहरू आमन्त्रण गरेको बताएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालाहरूलाई आफ्नो अनुभव, अध्ययन, अनुसन्धान तथा व्यवहारिक अभ्यासका आधारमा लिखित सुझाव आगामी साउन २० सम्म उपलब्ध गराउन अनुरोध गरेको छ । सो सुझाव info@mopit.gov.np अथवा ybs@mopit.gov.np मा पठाउन सकिने छ ।

प्राप्त सुझावहरूमा हाइड्रोजनमा आधारित सवारीसाधन सम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाइहरू, नीतिगत, कानुनी तथा नियामक व्यवस्था सम्बन्धी सुझावहरू, उत्पादन, भण्डारण, ढुवानी, वितरण, इन्धन भर्ने पूर्वाधार अर्थात रिफ्युलिङ इन्फ्रास्ट्रक्चर तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड एवं दिशानिर्देश लगायत विषय हुनेछन् ।

त्यसैगरी आईसीई तथा अन्य सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, आवश्यकता, लागत, सुरक्षा तथा नियामक पक्षसम्बन्धी सुझावहरू, प्राविधिक जनशक्ति, नियामक निकाय, उद्धार तथा आपत्कालीन सेवासहित आवश्यक क्षमता अभिवृद्धि तथा जनशक्ति विकास सम्बन्धी सुझावहरू र अन्य सान्दर्भिक विषयहरू हुन सक्ने छन् ।

सुझाव पेश गर्दा आफ्नो संस्था÷निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र, सम्बन्धित अनुभव तथा सम्पर्क विवरण समेत अनिवार्य रूपमा समावेश गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयमा प्राप्त सुझावहरूलाई आवश्यक अध्ययन तथा विश्लेषण पश्चात् हाइड्रोजनमा आधारित सवारीसाधन सम्बन्धी नीति, कानुनी व्यवस्था, मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रियामा आवश्यकतानुसार उपयोग गरिने मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...