नयाँ अवतारमा बीवाईडी ग्रेट सिगल, लिडार सेन्सर र ४२० किमी रेन्ज
काठमाडौँ–चिनियाँ अटो निर्माता कम्पनी बीवाईडी को नयाँ इलेक्ट्रिक...
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल ‘आयोनिक भी’ आगामी सेप्टेम्बर २९ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यसअघि नै प्रि–सेल खुला भइसकेको यो नयाँ विद्युतीय गाडी तीनवटा भेरियन्टमा उपलब्ध हुने जनाइएको छ, जसको मूल्य १७ हजार ६०० देखि २० हजार ६०० अमेरिकी डलरसम्म निर्धारण गरिएको छ ।
हुन्डाई चाइना डिजाइन सेन्टरको पूर्ण नेतृत्वमा तयार पारिएको आयोनिक भी विशेष गरी चिनियाँ उपभोक्ताहरूलाई लक्षित गरेर बनाइएको रणनीतिक मोडल हो । भविष्यमा यसको डिजाइन र अवधारणालाई विश्वव्यापी बजारमा लैजाने कम्पनीको योजना छ ।
गाडीको भित्री भागमा २७ इन्चको अल्ट्रा थिन ४के सेन्ट्रल कन्ट्रोल स्क्रिन दिइएको छ, जसलाई क्वाल्कम स्न्यापड्र्यागन ८२९५ चिपसेटले पावर दिन्छ । यसको इन्फोटेनमेन्ट सिस्टममा बाइडुको अर्नी बोट र बाइटडान्सको दोउबाओ जस्ता आधुनिक एआई मोडलहरू समावेश गरिएका छन् ।
कारमा १४० किलोवाट र १६८ किलोवाट क्षमताका दुईवटा सिंगल मोटर विकल्प पाइनेछ । क्याटलद्वारा निर्मित ५३.५ किलोवाट आवर र ६६.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याकले गर्दा यस गाडीले एक पटकको फुल चार्जमा ५२० किमीदेखि ६५० किमीसम्म(सीएलटीसी) रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...