यस्तो छ सार्वजनिक सवारीको नयाँ भाडादर, ईभीमा पुरानै दर
काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर...
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल ‘आयोनिक भी’ आगामी सेप्टेम्बर २९ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यसअघि नै प्रि–सेल खुला भइसकेको यो नयाँ विद्युतीय गाडी तीनवटा भेरियन्टमा उपलब्ध हुने जनाइएको छ, जसको मूल्य १७ हजार ६०० देखि २० हजार ६०० अमेरिकी डलरसम्म निर्धारण गरिएको छ ।
हुन्डाई चाइना डिजाइन सेन्टरको पूर्ण नेतृत्वमा तयार पारिएको आयोनिक भी विशेष गरी चिनियाँ उपभोक्ताहरूलाई लक्षित गरेर बनाइएको रणनीतिक मोडल हो । भविष्यमा यसको डिजाइन र अवधारणालाई विश्वव्यापी बजारमा लैजाने कम्पनीको योजना छ ।
गाडीको भित्री भागमा २७ इन्चको अल्ट्रा थिन ४के सेन्ट्रल कन्ट्रोल स्क्रिन दिइएको छ, जसलाई क्वाल्कम स्न्यापड्र्यागन ८२९५ चिपसेटले पावर दिन्छ । यसको इन्फोटेनमेन्ट सिस्टममा बाइडुको अर्नी बोट र बाइटडान्सको दोउबाओ जस्ता आधुनिक एआई मोडलहरू समावेश गरिएका छन् ।
कारमा १४० किलोवाट र १६८ किलोवाट क्षमताका दुईवटा सिंगल मोटर विकल्प पाइनेछ । क्याटलद्वारा निर्मित ५३.५ किलोवाट आवर र ६६.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याकले गर्दा यस गाडीले एक पटकको फुल चार्जमा ५२० किमीदेखि ६५० किमीसम्म(सीएलटीसी) रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...