शाओमीलाई पछ्याउँदै हुवावेले ल्यायो विलासी इलेक्ट्रिक कार, रोल्स-रोयस र मर्सिडिजलाई टक्कर दिने लक्ष्य

स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाइसकेको शाओमीले विश्वव्यापी स्तरमा इलेक्ट्रिक कार प्रस्तुत गरेसँगै अब यसै बाटोमा हुवावे पनि अगाडि बढेको छ। हुवावेले हालै चीनमा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार 'हुवावे माइक्स्ट्रो एस८००' लन्च गरेको छ। सो नयाँ इलेक्ट्रिक लक्जरी सेडानले रोल्स-रोयस घोस्ट र मर्सिडिज-मेब्याक एस-क्लास जस्ता स्थापित लक्जरी कारसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

हुवावे माइक्स्ट्रो एस८०० को लन्च भएलगत्तै यसले बजारमा उत्साहजनक प्रतिक्रिया पाएको छ। यसको सुरुवातको पहिलो हप्तामै ३ हजार ६०० भन्दा बढी प्रि-अर्डर प्राप्त भइसकेको छ, जसमध्ये पहिलो दिनमै १ हजार ६०० बुकिङ गरिएको थियो।

हुवावे र जेएसी मोटर्सको सहकार्यमा विकसित सो कार केवल एक इलेक्ट्रिक कार मात्र नभई एक चल्तीको फाइभ स्टार लाउन्जका रूपमा प्रस्तुत गरिएको छ। रोल्स-रोयस र मर्सिडिज-मेब्याक एस-क्लास जस्ता लक्जरी कारको चाहना राख्ने तर तिनका लागि धेरै खर्च गर्न नचाहने ग्राहकलाई आकर्षित गर्ने यसको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

माइक्स्ट्रो एस८०० को डिजाइन पूर्ण रूपमा युरोपेली पूर्ण आकारको लक्जरी कारसँग मिल्दोजुल्दो छ। यसको लम्बाइ ५.४८ मिटर छ, जुन मेब्याक एस-क्लास भन्दा पनि बढी हो। यसमा लामो बोनट, घुमाउरो छत, रोल्स-रोयस जस्तै डिस्क ह्विल्स र मेब्याक जस्तै टु-टोन फिनिश छ ।

यसमा हेडरेस्टमा स्पिकर, ४३ स्पिकर सहितको हुवावे साउन्ड सिस्टम, १२.३ इन्च डिजिटल गेज क्लस्टर, १७.७ इन्च इन्फोटेनमेन्ट डिस्प्ले, १२.३ इन्च प्यासेन्जर स्क्रिन जस्ता फिचर समावेश छ । साथै सो इलेक्ट्रिक लक्जरी सेडान कारमा एडीसी ४.० सिस्टम रहेको छ, जसमा ३२ सेन्सर र लिडार समावेश छ । सो सिस्टमले गर्दा कार साँघुरो सडक वा शहरका सडकमा पनि चालक बिना नै चलाउन सकिन्छ। यसमा लेभल ३ को अटोनोमस ड्राइभिङ प्रोफाइल कन्ट्रोल पनि छ ।

माइक्स्ट्रो एस८०० दुई पावरट्रेन इलेक्ट्रिक र हाइब्रिड विकल्प साथ उपलब्ध छ । फुल इलेक्ट्रिक संस्करणमा ९५ किलोवाट आवर ब्याट्री छ, जसले ड्युअल मोटर सेटअपको मद्दतले ५२३ एचपी पावर उत्पन्न गर्छ। यसले सिंगल चार्जमा ७०२ किलोवाट सम्मको रेन्ज दिनेछ। यसको हाइब्रिड भेरिएन्टमा १.५ लिटर इन्जिनका साथ ६५ किलोवाट आवर ब्याट्री प्याक छ, जसले ५२३ एचपी पावर उत्पादन गर्दछ।

सम्बन्धित समाचारहरू

शाओमीले दोस्रो इलेक्ट्रिक कार वाईयू७ ल्याउने, स्टाइलिस लुकका साथै धेरै सेन्सरले सुसज्जित हुने

शाओमीले दोस्रो इलेक्ट्रिक कार वाईयू७ ल्याउने, स्टाइलिस लुकका साथै धेरै सेन्सरले सुसज्जित हुने

शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक एसयूभी शाओमी वाईयू७ को टिजर जारी गरेको छ।...

८०० किलोमिटरको रेन्ज दिने शाओमीको पहिलो इलेक्ट्रिक कार भारतमा लन्च हुने

८०० किलोमिटरको रेन्ज दिने शाओमीको पहिलो इलेक्ट्रिक कार भारतमा लन्च हुने

चिनियाँ कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ भारतमा लन्च हुने संकेत...

शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार शाओमी एसयू७ को नयाँ अपडेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...