स्मार्ट लुब्रिकेन्ट्सको पाँचौ साधारण सभा तथा डिलर सम्मेलन सम्पन्न
काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको पाँचौ वार्षिक साधारण सभा तथा डिलर...
काठमाडौं — नाडा अटो शो २०२६ को शीर्षक प्रायोजकसमेत रहेको एमएडब्लू पेट्रो प्रोडक्ट प्रालिले आफ्नो प्रतिष्ठित ब्रान्ड एचपी लुब्रिकेन्ट्सका दुई नयाँ अत्याधुनिक उत्पादन ‘रेसर फ्युचर एक्स’ र ‘मिल्सि फ्युचर एक्स’ सार्वजनिक गरेको छ ।
नयाँ पुस्ताको प्रविधिमा आधारित यी उत्पादनहरूले आधुनिक सवारीसाधनको इन्जिन सुरक्षा, उच्च कार्यक्षमता र सहज ड्राइभिङ अनुभवलाई नयाँ उचाइ दिने विश्वास कम्पनीले लिएको छ ।
उक्त विशेष समारोहमा कम्पनीका विजनेस हेड रोशन श्रेष्ठले दुवै नयाँ उत्पादनबारे जानकारी दिएका थिए । कार्यक्रममा एचपी लुब्रिकेन्ट्सका उच्चपदस्थ प्रतिनिधि, व्यावसायिक साझेदार, डिलर, ग्राहक तथा अटोमोबाइल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
उत्पादन अनावरणका क्रममा विजनेस हेड श्रेष्ठले तिनका प्राविधिक विशेषता, नयाँ प्रविधि तथा प्रयोगकर्ताले पाउने प्रत्यक्ष लाभहरूबारे जानकारी गराए ।
सार्वजनिक गरिएका उत्पादनमध्ये एचपी रेसर फ्युचर एक्स मुख्यतया आधुनिक मोटरसाइकलका लागि लक्षित गरी तयार पारिएको हो, जसले उत्कृष्ट इन्जिन सुरक्षाका साथै स्मूथ र भरपर्दो सञ्चालन सुनिश्चित गर्दछ ।
त्यसैगरी, एचपी मिल्सि फ्युचर एक्सले आधुनिक चार पाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका इन्जिनलाई प्रभावकारी लुब्रिकेसन प्रदान गर्दै दीर्घकालीन सुरक्षा प्रदान गर्ने बताइएको छ ।
लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको एचपीले नयाँ फ्युचर एक्स सिरिजको सुरुवातसँगै ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्ने प्रतिबद्धता दोहो¥याएको छ । नयाँ प्रविधि र उत्कृष्ट गुणस्तरमार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...