एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

काठमाडौं– काठमाडौंमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो सिजनलाई एचपीले लुब्रिकेन्ट पार्टनरका रुपमा प्रायोजन गरेको छ । एचपीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालिले एनपीएल सिजन २ मा अधिकृत लुब्रिकेन्ट पार्टनर बन्ने विशेष साझेदारीको घोषणा गरेको हो ।

टीयू क्रिकेट मैदानमा आयोजित हस्ताक्षर कार्यक्रममा एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काबीच सम्झौतापत्र आदान–प्रदान गरिएको हो ।

यो साझेदारीले प्रदर्शन र क्षमतामा आधारित दुई क्षेत्र क्रिकेट र इन्जिन लुब्रिकेसनलाई एकसाथ जोडेको कम्पनीले जनाएको छ । क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनको खेल भएकाले एचपी लुब्रिकेन्टको ब्रान्ड दर्शन ‘पावर टु पर्फम’ सँग पूर्णतः मेल खान्छ ।

एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालमा तीव्र गतिमा वृद्धि भइरहेको क्रिकेट विकासलाई सघाउन पाएकोमा खुशी व्यक्त गर्दै एनपीएलले देशभरका दर्शकलाई आकर्षित गर्ने तथा उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उत्कृष्ट मञ्च बनेको उल्लेख गरेको छ । विश्वसनीय लुब्रिकेसन समाधानका प्रदायकका रूपमा एचपी लुब्रिकेन्ट्सले खेलाडी र उपभोक्तामा जोस, प्रदर्शन र निरन्तर प्रेरणा जगाउने लक्ष्य राखेको कम्पनीको भनाई छ ।

सम्झौतापछि एमएडब्ल्युका प्रतिनिधिहरूले भने, ‘यो साझेदारी अनुशासन, उत्कृष्टता र उच्च प्रदर्शनका साझा मूल्यहरूको प्रतिविम्ब हो । जसरी एचपी लुब्रिकेन्ट इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी मैदानमा पूर्ण शक्ति दिएर प्रतियोगिता गर्ने खेलाडीहरूलाई समर्थन गर्न पाउँदा हामी गौरवान्वित छौँ ।’

सम्बन्धित समाचारहरू

जनकपुरमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

जनकपुरमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

जनकपुर – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

टोटल लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

टोटल लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

काठमाडौं– टोटल लुब्रिकेन्ट्सले काठमाडौँमा रिटेलर मिट सम्पन्न गरेको छ ।...

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...