होन्डाको पहिलो इलेक्ट्रिक एसयूभीको नाम होन्डा अल्फा, भारतमा उत्पादन हुने
होन्डाले आफ्नो पहिलो मिड साइज इलेक्ट्रिक एसयूभीको नाम सार्वजनिक गरेको छ।...
काठमाडौं–चीनको प्रमुख सवारी साधन निर्माता एफएडब्लु ग्रुपको प्रख्यात ब्राण्ड हङछीले बीवाईडीको दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ र अत्याधुनिक फ्ल्यास चार्जिङ प्रविधि अपनाउने भएको छ ।
एफएडब्लु र बीवाईडीको संयुक्त परियोजना एफएडब्लु–फिनड्रिम्सको ब्याट्री उत्पादन आयोजना सफलताका साथ सामूहिक उत्पादनको चरणमा प्रवेश गरेसँगै यो ऐतिहासिक सहकार्य अगाडि बढेको हो ।
यसअघि बीवाईडीले आफ्ना गाडीहरूमा मात्र सीमित राखेको यो प्रविधि पहिलो पटक कुनै बाह्य कम्पनीलाई उपलब्ध गराउन लागिएको छ । एफएडब्लु–फिनड्रिम्सका अनुसार हङछीको नयाँ पुस्ताको शुद्ध विद्युतीय प्लाटफर्ममा यो नयाँ प्रविधि समावेश गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।
कूल १८० अर्ब युआनको विशाल लगानीमा निर्माण भइरहेको यो ब्याट्री आयोजनाका सबै चरणहरू सम्पन्न भएपछि वार्षिक रूपमा करिब ६ लाख विद्युतीय गाडीहरूलाई पुग्ने ब्याट्री उत्पादन हुनेछ ।
हङछीका विद्युतीय कार हाल नेपाली बजारमा समेत उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले यस ब्रान्डका ईभीलाई हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा लन्च गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...