सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर
सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...
काठमाडौं – नेपाली बजारमा होन्डाको आधिकारिक वितरकको रुपमा स्याकार ट्रेडिङ कम्पनीले कार्य गरिरहेको छ । हाल नेपाली बजारमा होन्डाका १४ मोडलका मोटरसाइकल र स्कुटर बिक्री हुन्छन् ।
होन्डाले नेपाली बजारमा बिक्री गर्ने दुई पांग्रे सवारी साधनमा सबैभन्दा कम मूल्यको मोडल ११० सीसीको डियो स्कुटर हो । स्ट्यान्डर्ड र डिलक्स गरी यो स्कुटर दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख ५९ हजार ९ सय र २ लाख ६९ हजार ९ सय रुपैयाँ छ ।
डियो १२५ सीसी मोडलमा समेत उपलब्ध छ । यो पनि स्ट्यान्डर्ड र स्मार्ट गरी दुई भेरिएन्टमा उपलब्ध छ । बीएस६ मापदण्डयुक्त डियो १२५ को मूल्य क्रमशः ३ लाख ३ हजार ९ सय र ३ लाख २३ हजार ९ सय रुपैयाँ छ ।
नेपाली बजारमा उपलब्ध होन्डाका मोटरसाइकल मध्ये सीबी र साइन मोडल धेरैले मन पराएका छन् । त्यसैगरी बिग बाइकमा सीबी हर्नेट, एनएक्स, एक्सआर, सीबी लगायतका मोडल लोकप्रिय छन् । करिव १० लाख भन्दा कम मूल्यमै उपलब्ध हुने यस्ता बाइक युवाहरुका लागि रुचिकर बनेका छन् ।
होन्डाले नेपाली बजारमा दुई मोडलका सीआरएफ बाइक समेत उपलब्ध गराउछ । यी दुई मोडलको मूल्य क्रमशः २० लाख ७५ हजार र २३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
थाइल्यान्डबाट आयात गरिने यी बाइक भने ग्राहकको माग बमोजिम मात्र बिक्रीका लागि उपलब्ध हुन्छ ।
होन्डाका अन्य मोडल मध्ये सबै मोडल भारतमा उत्पादन हुन्छन् भने एक्सआर मोडल भने चीनमा उत्पादन हुन्छ ।

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...
जापानमा जारी टोकियो मोटर शोमा होन्डाले नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई को...
भारतमा आज होन्डाको मिड साइज कार एलिभेट लन्च हुँदैछ । भारत र नेपालमा समेत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...