कोरला नाकामा एमजी एस५ र एस६, छिट्टै नै ग्राहकलाई डेलिभरी गरिने
काठमाडौं – नेपाली ग्राहकले अब केही दिनमै एमजी एस५ र एस६ ईभीको पनि डेलिभरी...
होन्डाले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी जेरो अल्फा ईभीलाई भारतीय सडकमा परीक्षण गरिरहेको छ। हालै राजस्थानमा कम्पनीको प्लान्टनजिकै परिक्षण हुँदै गर्दै यो कार देखिएको हो ।
सन् २०३० सम्ममा भारतमा १० वटा नयाँ कार ल्याउने योजना बनाएको होन्डाले यस इलेक्ट्रीक मोडललाई चालू वर्षको अन्त्यतिर वा सन् २०२७ को सुरुवातसम्म बजारमा ल्याउने तयारी गरेको छ ।
सार्वजनिक भएका नयाँ स्पाइ सटहरूका अनुसार होन्डा जेरो अल्फा ईभीमा युटिलिटेरियन र आधुनिक डिजाइनको आकर्षक मिश्रण देख्न सकिन्छ । अग्लो स्टान्स, स्क्वायर्ड–अफ ह्विल आर्चेस र १८ इन्चका एरो–एफिसियन्ट ह्विल्सले यसलाई अन्य एसयूभीभन्दा फरक र आकर्षक लुक दिएको छ ।
गाडीको भित्री भागमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ । यसको ड्यासबोर्डमा ठूलो सेन्ट्रल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सानो रेक्ट्यांगुलर डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । साथै, मल्टिफंक्शन कन्ट्रोलसहितको नयाँ स्टेयरिङ ह्विल, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस स्मार्टफोन चार्जिङ र टर्न–बाई–टर्न नेभिगेसन जस्ता प्रिमियम फिचरहरू यसमा समावेश हुनेछन् ।
कम्पनीले यसको विस्तृत प्राविधिक विवरण सार्वजनिक नगरे पनि यसमा ६५ किलोवाट आवरदेखि ७५ किलोवाट आवर सम्मको एलएफपी ब्याट्री प्याक प्रयोग हुन सक्ने अनुमान गरिएको छ, जसले ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।
बजारमा आएपछि यसले हुन्डाई क्रेटा ईभी र टाटा सिरिया ईभी जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । भारतमा लन्च भएपछि यो कार नेपाली बजारमा समेत भित्रिने सहजै अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...