दैनिक ३ सय रुपैयाँ तिरेर यसरी लिन सकिन्छ होन्डा हर्नेट २.०, आज अन्तिम दिन

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले ल्याएको दैनिक सरल किस्तावन्दिको योजना आज समाप्त हुँदैछ । उक्त योजना अन्तर्गत होन्डाको १९८ सिसी क्षमतासम्मका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले दैनिक किस्तावन्दिमा रकम भुक्तानी गर्न सक्नेछन् ।

खल्ति र ई–सेवा लगायत अन्य अनलाइन प्लेटफर्म मार्फत दैनिक किस्ता तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनी स्रोतले बताएको छ । ‘दैनिक रुपमा किस्ता तिर्न सहज होस भनेर हामीले यो योजना ल्याएका हौं । यो योजना अन्तर्गत होन्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एकदमै न्यून व्याज लाग्ने व्यवस्था मिलाइएको छ’ उक्त स्रोतले नेपाल अटोलाई बताएको छ ।

यो योजनामा ग्राहकले सुरुवातमा ६० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरेपछि वाँकी हुने ४० प्रतिशत रकमलाई २ वर्षसम्मको सरल किस्तावन्दिमा दैनिक रुपमा भुक्तानी गर्न सक्नेछन् । कम्पनीले आफ्नै फाइनान्स मार्फत ७.५ प्रतिशत ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर दैनिक सरल किस्तावन्दि योजनामा बिक्री गर्दै आइरहेको हो ।

उक्त योजना अन्तर्गत हर्नेट २.० बिएस६ खरिद गर्दा ग्राहकले दैनिक ३ सय रुपैयाँमात्र किस्ता तिरे पुग्नेछ । यो मोटरसाइकलको मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । जस अनुसार शुरुमा ३ लाख रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ भने वाँकी हुन आउने २ लाख रुपैयाँ र यसमा लाग्ने व्यजलाई दैनिक ३ सय रुपैयाँका दरले २ बर्षसम्म किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।

१९८ सिसी सम्मका अन्य मोडलका मोटरसाइकल तथा स्कुटरमा पनि सोही आधारमा दैनिक रुपमा किस्ता भुक्तानी गर्नेगरी नयाँ वाइक खरिद गर्न सकिने कम्पनीको भनाई छ । जसअनुसार सबैभन्दा कम दैनिक किस्ता होन्डा डिओको पर्ने देखिन्छ । यो स्कुटरलाई ग्राहकले दैनिक १ सय ३४ रुपैयाँ भुक्तानी गरी खरिद गर्न सक्नेछन् । यो स्कुटरको मूल्य २ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा बन्यो भारतको नम्बर १ टु ह्विलर कम्पनी, हिरो मोटोकर्प दोस्रो स्थानमा

होन्डा बन्यो भारतको नम्बर १ टु ह्विलर कम्पनी, हिरो मोटोकर्प दोस्रो स्थानमा

भारतीय बजारमा हिरो र होन्डाका बाइक तथा स्कुटर निकै लोकप्रिय छ । बिक्रीको...

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...