दैनिक ३ सय रुपैयाँ तिरेर यसरी लिन सकिन्छ होन्डा हर्नेट २.०, आज अन्तिम दिन

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले ल्याएको दैनिक सरल किस्तावन्दिको योजना आज समाप्त हुँदैछ । उक्त योजना अन्तर्गत होन्डाको १९८ सिसी क्षमतासम्मका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले दैनिक किस्तावन्दिमा रकम भुक्तानी गर्न सक्नेछन् ।

खल्ति र ई–सेवा लगायत अन्य अनलाइन प्लेटफर्म मार्फत दैनिक किस्ता तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनी स्रोतले बताएको छ । ‘दैनिक रुपमा किस्ता तिर्न सहज होस भनेर हामीले यो योजना ल्याएका हौं । यो योजना अन्तर्गत होन्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एकदमै न्यून व्याज लाग्ने व्यवस्था मिलाइएको छ’ उक्त स्रोतले नेपाल अटोलाई बताएको छ ।

यो योजनामा ग्राहकले सुरुवातमा ६० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरेपछि वाँकी हुने ४० प्रतिशत रकमलाई २ वर्षसम्मको सरल किस्तावन्दिमा दैनिक रुपमा भुक्तानी गर्न सक्नेछन् । कम्पनीले आफ्नै फाइनान्स मार्फत ७.५ प्रतिशत ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर दैनिक सरल किस्तावन्दि योजनामा बिक्री गर्दै आइरहेको हो ।

उक्त योजना अन्तर्गत हर्नेट २.० बिएस६ खरिद गर्दा ग्राहकले दैनिक ३ सय रुपैयाँमात्र किस्ता तिरे पुग्नेछ । यो मोटरसाइकलको मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । जस अनुसार शुरुमा ३ लाख रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ भने वाँकी हुन आउने २ लाख रुपैयाँ र यसमा लाग्ने व्यजलाई दैनिक ३ सय रुपैयाँका दरले २ बर्षसम्म किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।

१९८ सिसी सम्मका अन्य मोडलका मोटरसाइकल तथा स्कुटरमा पनि सोही आधारमा दैनिक रुपमा किस्ता भुक्तानी गर्नेगरी नयाँ वाइक खरिद गर्न सकिने कम्पनीको भनाई छ । जसअनुसार सबैभन्दा कम दैनिक किस्ता होन्डा डिओको पर्ने देखिन्छ । यो स्कुटरलाई ग्राहकले दैनिक १ सय ३४ रुपैयाँ भुक्तानी गरी खरिद गर्न सक्नेछन् । यो स्कुटरको मूल्य २ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

फेरी वढ्न थाल्यो मोटरसाइकल र स्कुटरको मूल्य, एक हप्तामा महंगिए यी ३ ब्रान्ड

फेरी वढ्न थाल्यो मोटरसाइकल र स्कुटरको मूल्य, एक हप्तामा महंगिए यी ३ ब्रान्ड

मोटरसाइकल र स्कुटरको मूल्य हरेक महिना बृद्धि हुने क्रमले वैशाख महिनामा...

पहिलो हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ एक महिनामै नेपाल भित्रिदै

पहिलो हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ एक महिनामै नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा होन्डाको हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३...

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...