हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरो मोटोकर्पले जुम सिरिजका दुई नयाँ स्कुटर सार्बजनिक गरेको छ । भारतमा जारी ‘हिरो वल्र्ड’ इभेन्टमा जुम १२५ आर र जुम १६० सार्बजनिक भएका हुन् । उक्त इभेन्टमा हिरोले २५० सीसी स्ट्रिटफाइटरको कन्सेप्ट समेत सार्बजनिक गरेको छ ।

जुम १२५ आरमा हिरोले १२४.६ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान गरेको छ । जसको पावर ९.५ एचपी र टर्क १०.१४ एनएम रहेको छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन र नोटिफिकेसन अलर्ट लगायत फिचर जडित डिजिटल ड्यास र एलइडी इन्डिकेटर दिइएको छ । सो नयाँ स्कुटरले यहि सेग्मेन्टका टिभिएस, होन्डा र यामाहा स्कुटरसंग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, जुम १६० मा १५६ सीसीको लिक्विड कुल्ड इन्जिन जाडन गरिएको छ । जसको पावर १४ एचपी र टर्क १३.७ एनएम रहेको छ । स्कुटरमा हिरोको आई३एस स्टप–स्टार्ट प्रबिधी र साइलेन्ट स्टार्टर फिचर दिइएको छ ।

म्याक्सि डिजाइनमा तयार पारिएको जुम १६० मा किलेस इग्निसन, डिजिटल ड्यास, रिमोटबाटै खोल्न मिल्ने सिट र दुईवटा स्प्लिट एलईडी हेडलाइट पाउन सकिन्छ । यो स्कुटरले यामाहा एरोक्स १५५ संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...