यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल युवा राइडरलाई लक्षित गरी डिजाइन गरिएको हो । स्पोर्टी लुक्स र आधुनिक फिचरले सुसज्जित यी मोटरसइकलमा थुप्रै 'फर्स्ट-इन-क्लास-सेग्मेन्ट फिचर' समेत दिइएको छ ।

यी दुई मोटरसाइकलमध्ये एक्स्ट्रिम १६० आर फोरभीमा १६३ सीसी फोर भल्व बीएस६ इन्जिन जडान गरिएको छ । जसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क जेनेरेट गर्दछ । यो मोटरसाइकलले ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो ।

एक्सट्रिम १६० आरमा ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शन जडान गरिएको छ । जसले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलोग्राम तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गराइएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प पाउन सकिन्छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

यो नयाँ मोटरसाइकलमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पिडोमिटर, गियर पोजिसन इन्डिकेटर र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गराइएको छ । यी सुविधाहरुले राइड अनुभवलाई थप सहज बनाउने देखिन्छ ।

निकै नै प्रतिस्पर्धी मुल्यमा लन्च गरिएको एक्सट्रिम १६० आरलाई सिजी मोटर्सले ३ लाख ८५ हजारमा बिक्री गर्ने जनाएको छ । यो नयाँ मोटरसाइकलले टिभिएस अपाचे आरटिआर १६० संग सिधा प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हिरो इलेक्ट्रिकले ल्यायो स्टाइलिस इलेक्ट्रिक स्कुटर एड्डी, आउन सक्छ नेपाल

हिरो इलेक्ट्रिकले ल्यायो स्टाइलिस इलेक्ट्रिक स्कुटर एड्डी, आउन सक्छ नेपाल

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रिकले स्टाइलिस...

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल...

२ लाख भन्दा कम मूल्य मै  खरिद गर्न सकिने ५ स्कुटर

२ लाख भन्दा कम मूल्य मै खरिद गर्न सकिने ५ स्कुटर

चलाउन सजिलो र मूल्य समेत कम पर्ने विशेषताका कारण स्कुटर आम नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...